स्पेनले किन फर्कायो चीनको टेस्टिगं किट?


चीनले हुवान प्रान्तमा कोरोना आउटब्रेक भएपछि आफूले त्यस भाइरसलाई जित्न निकै कसरत गरेको र अघि बढेको प्रमाण सहित अन्य संक्रमीत देशहरुमा मेडिकल सामाग्रीहरु र किटहरु पूर्ति गर्दै आएको छ ।

शुरुवाती दिनमा चीनको सदाशयताका लागि जयजयकार गरेका देशहरुमा सर्वाधिक असर गरेको कोरोना संक्रमणको जर्जर अवस्था भएको देश ईटालीमा नै पनि चीनबाट ल्याइएका केवल ३० प्रतिशत किटले मात्र सहि प्रतिफल दिने पाइएपछि ति किट र चीनका सामाग्रीहरुप्रति उनीहरुको विश्वास घट्ने र प्रश्न उब्जीने क्रम शुरु भएको हो । स्पेनीश पत्रिका एल पेरिसको खबर नेपालीमा अनुवाद गदैछौं । स्पेनमा पनि यि किटहरुको बिश्वस्नीयतामा प्रश्न देखिएपछि सरकारले चीनबाट ल्याएका किटहरु फिर्ता पठाएको छ, चीन सरकारले भने आफूले लाइसेन्स नदिएका चीनका कम्पनीसंग स्पेनले किट खरिद गरेकोले ति किटहरु गुणस्तरहिन भएको हुनसक्ने बताएको भनिएको छ ।

उता चेक रिपब्लीकमा पनि चीनबाट ल्याइएका किटहरुमा त्यस्तै समस्या देखिएको छ । चेक रिपव्लीकले त ८० प्रतिशत चीनबाट ल्याएका किटहरुमा समस्या देखिएको बताएको छ । स्पेनका माइक्रोवायोलोजी बिशेषज्ञहरुका अनुसार ति किटहरुमा ८० प्रतिशत इन्फ्लुएन्जा सेन्सेटिभिटि हुनुपर्ने अमेरिकी फुड एण्ड ड्रग्स एकडमीनिस्ट्रेशनको आधार अनुरुप ति किटहरु पाइएन । उता चीनका कम्पनीहरुले स्पेन पठाएका सबै किटहरु नयाँ फिर्ता गरिदिने पनि बताएका छन्, उनीहरु ति किटहरु नयाँ किटले प्रतिस्थापन गर्न तयार रहेको बताएका छन् । स्पेनले शरुवाती चरणमा मगाएको ६४०,००० किटमध्य ५८,००० किट चीन फिर्ता पठाइसकेको छ, स्पेनका स्वास्थ मन्त्री एल साल्भाडोरले बताएका छन् । उता चीनको किट निर्माता सेन्जेन वायोइजी टेक्नोलोजी कम्पनीले भने ति किटहरुमा स्याम्पल राख्न नमिलेर र अन्य प्रयोगात्मक गडवडीका कारणले रिजल्ट डिफेक्ट आएको हुनसक्ने संभावना पनि रियूटरस्लाई बताएको पाइन्छ । कम्पनीले आफ्नो क्लाइन्टसंग किट प्रयोगका बारे राम्ररी ब्याख्या गर्न नपाएको गुनासो पनि अभिव्यक्त गरेको छ ।

ईटालीपछिको दोश्रो एपीसेन्टरका रुपमा स्पेनले आफ्नो ४९०० नागरीकको मृत्यु र ६४००० कोरोना संक्रमणको केसहरु देखिसकेको छ, यस अवस्थामा चीनबाट आएका किटहरुको बिश्वनियतामा प्रश्न उठ्नु दुर्भाग्य अवस्य हो । अब विश्वका सबै देशहरुले चीनका किटहरु प्रयोग गर्नुपूर्व सोच्ने अवस्था भने आएकै हो त ?
लाइभमाण्डु


Loading comments...