खाडी देशहरुमा कोरोना संक्रमणको अवस्था के छ ?


२८ जना संक्रमीत संख्या बाट केहि दिनमा नै ५९० पुगेको कतारले शनिवारको दिन पहिलो कोरोना संक्रमणबाट आफ्नो देशमा मृत्यु भएको केस दर्ज गरेको छ ।

स्वास्थ मन्त्रालयले एकजना ५७ वर्षिय बंगलादेशी मुलका कतारमा बस्ने मानिसको श्वाँसप्रश्वास समस्याले मृत्यु भएको र तिनमा कोरोना पोजिटिभ भएको बताएको छ । साउदी अरबले पनि शनिवारको दिननै ९९ जना मा संक्रमण र १ जनाको मृत्यु केस दर्ज गरेको छ , यसका साथै अब साउदीमा ४ जनाको मृत्यु भइसकेको छ । मध्यपूर्वका यि देशहरु पनि अब कोरोना बिछोडबाट पर रहन सकेनन्, यूएईमा ६३ वटा फ्रेश केसहरु, ओमनमा २१ र कुवेतमा १० संक्रमणका केसहरु देखिएका छन् ।

यसका साथै साउदीमा १२०३ वटा केसहरु, ४६८ यूएईमा, ४५७ वहराइनमा, २६५ कुवेतमा र ओमानमा १५२ कोरोना संक्रमणका केसहरु पाइएका छन् । यूएईमा २ जना र वहराइनमा ४ जना सहित गल्फ कोअपरेशनमा देशहरुमा कोरोना मृत्युका ११ केसहरु दर्ज भएका छन् । साउदी अरबले मदिना आसपासका राज्यहरुमा करफ्यू समय बढाएको छ, शनिवार यस्ते घोषणा जारी गरिएको छ ।

त्यहाँ करफ्यू तोड्नेलाई १०,००० रियालसम्म जरिवाना र पटकपटकसम्म नियम तोडेमा कारावासको प्रावधान पनि जारी गरेको छ । विशेषत मक्का मदिना क्षेत्रमा साउदी करफ्यूको प्रभाव केन्द्रित छ भनें लगभग खाडी देशहरुमा सबै मूल शहरहरु अहिले बन्द अवस्थामा छन् । कतारमा पनि अधिकांश कम्पनीहरु बन्द गरिएका छन् भनि कामदारहरुलाई आफ्ना वसोवासमा नै बस्न निर्देशन दिइएको छ ।

लाइभमाण्डु


Loading comments...