Lifestyle Portal
  •   १ जेष्ठ २०७८, शनिबार

वयोधा अस्पताल बल्खुको फिभर क्लीनीक आज

१७ चैत्र २०७६, सोमबार ०८:३५

कोरोना संक्रमण र जोखिमको यो विश्वव्यापी प्रतिकुल अवस्थामा काठमाडौं बल्खुमा रहेको वयोधा अस्पतालले आजबाट फिभर क्लीनीक सञ्चालन गरेको छ । ज्वरो आएका बिरामीहरुको उपचार अनि परामर्शका लागि वयोधाले सञ्चालन गरेको यस क्लीनीकमा आँउदा बिरामीहरुले वयोधा अस्पतालमा फोन गरेर पूर्व जानकारी गराई चिकित्सकको समय लिनु पर्दछ भने आँउदा खेरि अस्पताल छिर्दा साबुन पानीले हात धुनुपर्ने र एक्लै आउन सक्ने बिरामीलाई अन्य साथी नल्याउन पनि आग्रह गरिएको छ । अस्पतालमा भएका अन्य बिरामीहरुको स्वास्थ सुरक्षार्थ वयोधा अस्पतालले बिना पूर्व जानकारी आएका वाकिगं बिरामीहरुलाई भनें ओपीडि सेवा नदिने जानकारी गराएको छ ।

अस्पतालमा चिकित्सक अभाव अनि समय नपाएर ज्वरो आएर बस्नुभएका अनि अन्य संक्रमणको पनि त्रासमा रहनुभएका सबैजनालाई वयोधा अस्पतालमा फोन गरेर समय लिन आग्रह छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हैदराबाद(एएनआई) – भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिमा जन्डिसका बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्ति देखा परेको बताएका छन् । शुक्रबार

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको सिफारिशविना घरमा अक्सिजन सिलिन्डर नराख्न दिर्नेशन जारी गरेको छ। कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको

काठमाडाैं‌ । नेपाली कांग्रेसले विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तरराष्ट्रिय संघ, संस्थाहरूलाई आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति