Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

डिजिटल बाल्यकाल

१४ कार्तिक २०७५, बुधबार ०३:३७


होमर्वक गर्नु पर्दैन ? जति बेला पनि मोबाइल मोबाइल ।
कति टिभि हेरिराको आँखा बिग्रन्छ, एकछिन साथीसँग खेल्न जानु नि ।
मोबाइलमा चार्ज छैन, त्यो गेम सेम खेल्ने हैन ।

घरबेटी दिदिको हर विहान यस्तै गुनासोहरु हुने गर्दछ आफनो ७ बर्षीय नाबालक छोरासँग । म उसलाई एण्ड्रोइड भाई भन्छु, किनकी उ हरपल मोवाइलमैं समय काट्नेगर्छ । उ हाँस्ने कारण पनि मोबाइल बनेको छ अनि रुने कारण पनि मोबाइल । मोबाइल साथमा हुँदा हाँसिरहेको हुन्छ, अनि हातबाट मोबाइल छुटाइदिंदा रुन्छ । होमवर्क गराउन पनि उसलाई मोबाइल चलाउने प्रलोभन देखाउनुपर्छ । मोबाइल केही गरी नपाए बस्छ टिभिको अगाडि ‘मोटु पत्लु’ हेर्नलाई । घरबेटी दिदि बारम्बार भन्नुहुन्छ जाउ न बाहिर साथीहरुसँग खेल्न , तर उसलाई आजकल प्रविधिसँग खेल्ने बानी परेको छ । उसको लागि त्यो मोबाइल नै एउटा खेल मैदान हो, गेममा भएका पात्रहरु नै उसका सबैभन्दा मिल्ने साथी हुन । साथिहरुको हात समाएर रमाउने समयमा उ कि त मोबाइल की त रीमोट समाएर रमाउँदैगरेको हुन्छ । प्रकृति अनि समाजसँग घुलमिल हुने समयमा उ प्ले स्टोरसँग निकै घुलमिल भएकोछ । हरियाली वातावरणमा आखाँ लगाउँदै हिडनुपर्ने उसको उमेरमा उसलाई प्रविधिले आखाँ लगाएको छ, त्यसैले उसको आखाँको अगाडि एउटा ठुलो चस्मा पनि अडियो । विश्व जगत बुझ्ने डौदघूपमा उसले ढिकि जातो बुझ्न चाहेन त्यो पुर्खाहरुको प्रविधि । विभिन्न टेलिभिजनमा नयाँ नौला जिवजन्तु हेर्दै जाँदा उसले कहिल्यै त्यो माली गाईको बारेमा जान्न पाएन, जसको दुधले उसको हर विहान शुरु हुन्छ । उ प्रविधिसँग अप टु डेट छ तर उसको बाल्यकाल सिमित भएको छ, मोबाइल अनि बन्द कोठामा ।

मेरो बाल्यकाल निकै रमाइलो रह्यो किनकी त्यसबेला मोबाइल होइन साथीहरु थिए रमाइला रमाइला खेल खेल्नका लागि, निकै रमाइलो थियो त्यो पलहरु, खल्तीबाट छङ्लङ्ग छङ्लङ्ग गुच्चाको आवाज, गुच्चै गुच्चाले भरीएको गोजीलाई एउटा हातले समाएर बजाउँदै हिडने त्यो बाल्यकाल । ‘क’बाट कथा, ‘ख’बाट खाजा, खेल ‘ग’बाट गाँउ, ‘घ’बाट घर, ‘स’बाट साथी, अनि ‘ज’बाट जिन्दगी । कति रमाइलो अनि हँसिलो थियौं हामी । हातमा लटाई अनि पर चङ्गा, चङ्गा जस्तै हाम्रो बाल्यकाल सररर सररर उडिरहेने हावाको वेगसँगै निकै टाढा आकाशमा स्वतन्त्र, अनि धागो चूँडाएर टाढा टाढा अनि पछि पछि आमा बाबा हामीलाई खोज्दै । लुकामारीमा लुकेका खुसीका पलहरु, भाडाँकुटी खेल्दै खाना पकाउन सिकेजस्तै गरी सिकेका ती साथित्व, अम राइट राइट भन्दै उफ्रिदा राइट भन्दै उफ्रिएका स्वस्थ हाम्रा बेलाका पाइलाहरु र अहिलेका पाइलाहरुले नाङ्गो खुट्टाले माटो नटेकेकै नहुँदो हो ।

“यति यति पानी गङ्गै रानी” अनि “इन्टुमिन्टु” डाइभर सिंहले लगाएको “पहिलो घण्टी” अनि “तिरिमिरी तिरिमिर झ्याप” भन्दै साथीहरुसँग अंगालिएका हाँसोहरु । गाई बस्तु चराउन जाँदा, ती बिरुवा फाँटमा चरेका मनहरु । फुस्रे खोलामा पौडिंदै, दौडिंदैगर्दा पानीमा चुर्लुम्म डुब्दा, रमाइलोमा डुबेका यादहरु । चौतारीमा भगवान खोज्दै पिपलको बोटमा राखिएका अबिर, केसरी आफनो निधारमा त्यही अबिर रङ्गाएर, सजिएको हाम्रो बाल्यकाल । चाडपर्वको उत्साह अनि नयाँ कपडाको जोस अनि मिठो मिठो खानाको मिठा मिठा अनुभवहरु । ‘मिना’, ‘मुमिन’ अनि ‘सानुमाया’सँग बसेको पिरति, अनि ‘हेमुलिन बाबा’को यादहरु, साँच्ची कति रमाइलो थिए ति पलहरु । ‘कटटी’ भनेकै भरमा केही समयको लागि तोडिने र दुई औला मिलाएकै भरमा जोडिने ती सम्बन्धहरु । माटोमा लडबुडि गर्दै सफा भएका मेरा बाल्यकाल । कहिले काही लडेर चोटपटक लाउँदा समेत साथीहरुले गरिदिएको ‘फु’ ‘फु’ कै शितल हावामा दुखाई कमहुने साथीहरु औषधि भन्दा कम थिएनन । न कुनै सीमा थियो रमाउनको लागि न एउटा कोठामै सिमित थियौं हामी । खुसी लाग्छ किनकी त्यतिबेला प्रविधिबाट हामी कोशौं टाढा थियौं ।

आजभोली त्यो चउर पनि स साना प्लटिङ्गले बिभाजित भएको छ, काठ्माण्डौको बडेमान टूँडीखेल त अाधा सैनिककै कब्जामा भइसको । बाटो निर्माण गर्ने क्रममा ती शितल दिने चौतारीहरु मासिइसके । घर बाहिर निस्कएर मोबाइल अनि इन्टरनेटले छेकिरहेको छ । बाल्यकाल चार्जिङ्ग पोटको वरिपरि रुमलिएको छ । मानिस समाजिक प्राणीबाट रोबोट बन्ने होडतर्फ लागिपरेको छ । स साना कुराले पनि बिरामी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई

काठमाडौँ, १७ पुस  : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने

काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व