कोरोना ले अहिलेसम्म गम्भीर रूपमा प्रभावित २० देशहरू


नोभल कोरोना भाइरस (COVID-19) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो ।

नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने गरिएको थियो।

कोभिड-१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।

चीनको वुहानबाट प्रारम्भ देखिएको कोरोनाको संक्रमणबाट चिन तंग्रीरहेको बेला सर्वाधिक मृत्यूको नम्बरतर्फ उन्मुख अमेरीकाले अहिलेसम्म २८६६ मानिस गुमाईसकेको छ भने दैनिक इटाली र स्पेनबाट पनि कोरोनाभाइरसको संक्रमणबाट मृत्यूहुनेहरुको संख्या संयौंमा छ ।

विश्वभर संक्रमित र मृत्यूको ताजा विवरण
(१) अमेरिका 156,352 संक्रमित र 2866 को मृत्यु
(२) इटाली 101,739 संक्रमित र 11,591 को मृत्यु
(३) स्पेन 85,195 संक्रमित र 7,340 को मृत्यु
(४) चाइना 81,470 संक्रमित र 3,304 को मृत्यु
(५) जर्मनी 63,929 संक्रमित र 560 को मृत्यु
(६) फ्रान्स 44,550 संक्रमित र 3,024 को मृत्यु
(७) ईरान 41,495 संक्रमित र 2,757 को मृत्यु
(८) इंगल्याण्ड 22,141 संक्रमित र 1,408 को मृत्यु
(९) स्विटजरल्याण्ड 15,760 संक्रमित र 348 को मृत्यु
(१०) बेल्जियम 11,899 संक्रमित र 513 को मृत्यु
(११) नेदरल्यान्ड 11,750 संक्रमित र 864 को मृत्युु
(१२) टर्की 10,827 संक्रमित र 168 को मृत्यु
(१३) साउथ कोरिया 9,661 संक्रमित र 158 को मृत्यु
(१४) अस्ट्रीया 9,541 संक्रमित र 108 को मृत्यु
(१५) क्यानाडा 6,671 संक्रमित र 67 को मृत्यु
(१६) पोर्चुगल 6,408 संक्रमित र 140 को मृत्यु
(१७) इजरायल 4,695 संक्रमित र 16 को मृत्यु
(१८) नर्वे 4,445 संक्रमित र 32 को मृत्यु
(१९) ब्राजिल 4,371 संक्रमित र 141 को मृत्यु
(२०) अस्ट्रेलिया 4,245 संक्रमित र 18 को मृत्यु

के कोरोना भाइरसको असर केटकेटीमा कमजोर छ?
के चीनले कोरोना भाइरसको मृतक संख्या लुकाइरहेको त छैन ?
कोरोना भाइरसबाट बच्ने सरल उपायहरु
‘कोरोना भाइरस’को पर्यटन वर्षमा प्रभाव


Loading comments...