
प्रा.शर्मालाई ‘घटराज पुरस्कार’ समर्पण
१५ मंसिर २०७५, शनिबार १८:०९
सुप्रसिद्ध समाजसेवी, राजनीतिज्ञ, चित्रकार र साहित्यकार सुश्री भद्रकुमारी घलेले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै भाषा, आख्यान, समालोचना, निबन्ध र नाटक लेखनका क्षेत्रमा विशिष्ट योगदान गरी देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदानका निम्ति प्रा.मोहनराज शर्मालाई ‘घटराज पुरस्कार’ समर्पण गर्नुभयो ।
यस पुरस्कारको राशि पचास हजार रूपियाँ रहेको छ ।
घटराज भट्टराई स्मारक कोशका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव साधना दाहाल, प्रा.प्रयागराज वाशिष्ट, डा.राजेश भट्टराईले सम्बोधन गर्नुभयो ।
समारोहमा भगवती वस्नेतले घटराज भट्टराईका सम्मानमा कविता वाचन गर्नुभयो ।
अमर प्राज्ञ घटराज भट्टराईका स्मृतिमा हालसम्म शिव रेग्मी, कविता पौडेल, प्रा.डा.केशवप्रसाद उपाध्याय, प्रा.डा.गार्गी शर्मा, तेजेश्वरबाबु ग्वाङ्ग तथा प्रा.मोहनराज शर्मालाई ‘घटराज पुरस्कार’ समर्पण गरिसकिएको छ ।
शम्भु निरौला ‘दुर्गम’ले समारोहको काव्यमय सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने
त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा आज सोह्रौँ त्रिमूर्ति दिवस मनायाे । त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ