उत्कृष्ट शैक्षिक गन्तव्यः ‘नामी कलेज’


आधूनिक शिक्षाको उद्गम बिन्दुका रुपमा पहिचान बनाएको बेलायतमा अध्ययन गर्ने र दिक्षित हुनेहरुको फेरिहिस्त नेपालमा शदियौं अघि देखि रहिआएको छ । हजुरबुवाको पुस्ता देखि अहिलेको पुस्तासम्म परिवर्तन नभएको र उतिकै महत्वका साथ लिइएको शैक्षिक गन्तव्य बेलायती विश्वविधालहरु र तिनका डिग्रिहरु प्रति नेपालीको मात्र नभई विश्वभरिकै बिधार्थी र अभिभावकहरुको रोजाई रहिआएको छ ।
अझ परिवर्तित परिपेक्ष्यमा बेलायती विश्वविधालय क्याम्ब्रीजका सर्टिफाइड ए लेभल्सका कोर्सहरु देखि एमबिए, बिबिए, वातावरणीय बिज्ञान अनि कम्प्यूटर इन्जिनियरीगंमा बिबिए लगायत प्लस टु बिज्ञान र ब्यबस्थापनसम्मको अध्यन अध्यापन गराइने नामी कलेज पछिल्लो समयमा नेपाली बिधार्थीको मात्र नभई बिदेशवाट नेपालमा आइ पढ्न चाहने बिधार्थी अनि यहाँ भएका बिदेशी अभिभावकहरुको लागि पनि नेपालमा आफ्नो सन्तानलाई पढाउने भरपर्दो गन्तव्य साबित भएको छ ।

नेपालमा अध्यन अध्यापन गराइने तवर र बिदेशमा गराइने अध्यन अध्यापनमा केहि फरक छ, पछिल्लो समयमा बिदेशमा निकै प्रयोग गरिएको प्रविधि उन्मुख ई लर्निगं, शोधमैत्री सिकाई, केस अन्वेषण लगायतका ब्यवहारीक सिकाई अनि बैज्ञानीक पढाई आजको आवश्यक्ता हो । नामी कलेजले आफ्ना पाठ्यक्रम अनि सिकाई संरचना पूर्णत बिदेशी विश्वविधालयको मापदण्ड अनुरुप राखेको छ, एउटा पूर्ण अन्तराष्ट्रिय शैक्षिक प्रणालीको बिकास नेपालमा नै गर्दै नामीले समयसमयमा आफ्ना बिधार्थीहरुको लागि शैक्षिक भ्रमण र अवलोकन अनि तालिमका लागि बिदेशमा समेत पठाउने गरेको पाइन्छ ।

गत वर्ष मात्रै प्लस २ सञ्चालन गरेको नामीले संभवत नेपालमा नै पहिलोपटक अनलाइन सिकाईका लागि एउटा पूर्ण अनलाइन अभ्यासको विश्वस्तरिय संरचना तयार गर्दै त्यसै मार्फत बिधार्थीहरुलाई घरमा बसेर पनि आफ्नो मोबाइल र कम्प्यूटरमा कक्षाकोठाका सम्पूर्ण सामाग्री, भिडियो लेक्चर, टेस्ट, लेक्चर नोट अनि घरमा नै बसि बसि एमबिबिएस र इन्जीनीयरिंगका प्रवेश परीक्षा दिनसक्ने वातावरण अनि क्षणभरमा नै तिनको रिजल्ट हेर्न सक्ने संरचना पनि बनाएको छ । अध्यनका लागि व्यक्तिगत डाटा र प्रयोग चार्टहरुको प्रयोग गर्दै बिधार्थीहरुलाई टपर र औसत बिधार्थीको तुलनामा आफ्नो अवस्था बताइदिन सक्ने संरचना नामीले परिचित गरेको छ ।
नेपाली शैक्षिक संरचना र प्रणालीमा भएको ग्याप अनि परम्परागत शिक्षाको अवगुणलाई आत्मसाथ गर्दै नामीले आधूनिक यूगको ग्लोवल करियर चाहने बिधार्थीका लागि नेपालमा बसि बसि प्राप्त गर्न सकिने बिदेशी डिग्रिहरु ल्याएको हो, नामी बलेजका डिग्रिहरु बिदेशमा जुनसुकै ठाँउ र देशमा पनि बेलायती डिग्रि र सोसरह मान्य रहनेछन् ।

नामीको यो नेपाली शैक्षिक प्रणालीलाई रुपान्तरण गर्न सक्ने कदमलाई हामी सराहना गर्दछौं ।

लाइभमाण्डु


Loading comments...