फ्रान्समा लकडाउनको समयमा घरेलु हिंसा ३० प्रतिशतले बढ्यो


मार्च १७ पछि फ्रान्समा भएको लकडाउनको प्रभावले मान्छेहरु घरभित्रै छन् तर यसैक्रममा त्यहाँ घरायसी हिंसा ३० प्रतिशतले बढेको त्यहाँका आन्तरिक मन्त्रीले बताएका छन् । मन्त्री क्रिस्टोफी क्याटेनरका अनुसार घरेलु हिंसाका घटनाहरु पेरिसमा मात्र ३६ प्रतिशतले बढेको छ । हिंसात्मक प्रवृति भएको पार्टनरसंग घरमा निरन्तर बसिरहनु पर्दा यस्ता घटनाहरु भएको राज्यको ठम्याई छ । यूरोपमा सर्वाधिक धेरै घरेलु हिंसा हुने देश फ्रान्स हो, त्यहाँ हरेक वर्ष करिब २१९,००० जना १७ देखि ७५ वर्ष उमेर समुहका महिलाहरु आफ्ना पार्टनरवाट हिंसा पर्ने तथ्याकं छ ।

यस्ता हिंसाहरुलाई क मगर्न र पीडीतलाई तत्काल उद्धार गर्न र न्याय दिलाउन राज्य लागिपरेको मन्त्रीको भनाई छ, यस्ता हिंसा पिडितहरु नजिकैको ओखती पसलमा गएर कल गरेमा तत्कालै कारवाही गर्ने र उद्धार गर्ने प्रावधान फ्रान्सको सरकारले गर्दै छ ।
स्पेनमा पनि यस्त हिंसाका घटनाहरु रिपोर्ट गर्न कोड प्रणाली लागु गरिएको छ । अहिले भने फ्रान्समा यस्ता हिंसा पिडितले ३९१९ नंबरको हटलाइनमा फोन गरेर सहयोग माग्न सक्दछन् ।

लाइभमाण्डु


Loading comments...