बेलायतमा कोरोना लागेर मरेका मुस्लीम डाक्टरहरुको नलेखिएको कथा


हप्तादिन भरिमा बेलायतमा ४ जना मुसलमान डाक्टहरुको मृत्यु भइसकेको छ । नेशनल हेल्थ सर्भिस स्टाफहरुलाई पर्याप्त सुरक्षा उपकरण नदिएको कारणले यस्तो भएको बताइएको छ, फ्रन्टलाइनमा मुस्लीम र आप्रवासी डाक्टरहरु राखिएको बेलायती कोरोना बिरुद्ध लड्ने स्वास्थ संरचनालाई बिभेद अनि अन्ययायको आरोप लागेको छ ।

डाक्टर अग्मद ईआई हवरानी सेन्ट्रल इग्ल्याण्डको लेकिस्टरमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि मरेका हुन्, उनी सोमालीयन मुलका थिए र ५५ वर्षका थिए । अर्को सुडानी डाक्टर अदिल ईल तायर पनि कोरोना संक्रमणले मरे भने पाकिस्तानी मुलका डाक्टर हविव जायदी पनि बेलायतमा मरे ।

६३ वर्षिय ईल तायर सर्जन थिए जो साउदी अरब र सुडानमा पनि कार्यरत थिए, बेलायतमा कोरोना बिरुद्ध लड्ने स्वास्थ दलमा सामेल उनी केहि हप्तामा नै कोरोना संक्रमणले मारिए । ब्रिटिश मिडियाहरुमा यि मुस्लीम डाक्टरहरु र उनीहरुको मृत्युलाई हल्का रुपमा प्रस्तुत गरिएको बताइएको छ, बेलायती मुल्यमा मुस्लीम अनि आप्रवासीहरुको परिभाषालाई व्यबहारीक रुपमा नल्याइएको आरोप छ ।
लाइभमाण्डु


Loading comments...