राजकुमार चाल्र्स अब पूर्णत निको


बेलायतको शाही प्रवक्ताका अनुसार राजकुमार चाल्र्स ७ दिनको आइसोलेसन पछि पूर्णत निको भएका छन् । ७१ वर्षिय राजकुमार बेलायतको राजगद्धीका उत्तराधिकारी हुन जो क्वीन्स वालमोरल स्टेट स्कटल्याण्डमा आइसोलेसमा राखिएका थिए । प्रिन्स अफ वेल्स पूर्णत निको भएको र आइसोलेसनबाट बाहिर भएको बताइएको छ । उनकी श्रीमती डचेस अफ कोर्नवाल भाइरस नेगेटिभ पाइएकी भएतापनि तिनलाई पनि वालमोरल मा नै आइसोलेसनमा राखिएको थियो, ७२ पर्षिय क्यामीला पनि अब पूर्णत आइसोलेसन बाहिर छिन् ।
९२ वर्षिय रानी एलिजावेथले आफ्ना छोरा राजकुमार चाल्र्सलाई मार्च १३ तारिखमा भेटेकी र त्यसपछि कोरोना संक्रमणका कारणले छोरोलाई आइसोलनमा राखेकाले आमा छोराको भेट नभएको उल्लेख गरिएको छ । चाल्सलाई सुस्वास्थको कामना

लाइभमाण्डु


Loading comments...