
म्यानमारमा पहिलो कोरोना बाट मृत्यु, दक्षिण एसियाली देशलाई थप जोखिम
एसियाली देश म्यानमार खास्मा हेर्दा नेपाल, भारत र बगंलादेशबाट उति पर छैन, बिम्स्टेकको परियोजनाले नेपाल देखि भारत, बगंलादेश, म्यानमार हुँदै थाइल्याण्डसम्म बस सेवा सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरेको हो । म्यानमारमा कोरोना मृत्युको प्रकरण शुरु भएसंगै अब यस संक्रमणबाट भारत, बगंलादेश अनि नेपाल पनि थप जोखिममा परेका छन् । थाइल्याण्डमा रहेका लाखौं म्यानमारी शरणार्थि आफ्नो देश फर्कन थाले लगत्तै ति शरणार्थिहरुमा कोरोना संक्रमण देखिन थालेको छ, मगंलबारको दिन म्यानमारले आफ्नो देशको पहिलो कोरोना संक्रमणले मृत्यु भएको केस रेकर्ड गरेको हो ।
मार्च २३ मा अमेरिका र बेलायतबाट फर्केका आफ्ना २ नागरीकहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको म्यानमारले हिजोको मितिसम्म १४ जना कोरोना संक्रमणको केस पुष्टि गरेको हो । म्यानमार चीनको २ हजार किमी वोर्डर मा दैनिक हजारौ मान्छेहरु आवतजावत गर्दथे र कोरोना संक्रमणको शुरुवाती दिनसम्म म्यानमारको हुवानसंग प्रत्यक्ष फ्लाइटहरु थिए ।
लाइभमाण्डु