The Voice of Nepal

आज को को उत्रँदै छन त भ्वाइसको मञ्चमा ?


यस हप्ता कोच दिपका लोकप्रिय गितहरुले रङ्गीने छ नेपाली संगितक आकाश, प्रमोद खरेलको आवाजमा झुम्ने छन् नेपाली मनहरु साथै यो विशेष श्रृंखलामा जोडिदै हुनुहुन्छ तपाई, हाम्री प्रिय गायिका अञ्जु पन्त । के तपाई तयार हुनुहुन्छ एउटा बेजोड सांगितिक उत्सबको लागि ?

तपाइँ आज बेलुका ९ बजे कान्तीपुर टेलिभिजन, रमाइलो टि भी, युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ । भ्वाइस अफ नेपालका टप १६ का ट्यालेन्टहरुले आफ्नो क्षमता निर्खादै सेमिफाइनलको दौरानमा रहेका छन । उनीहरु मध्ये आजको इपिसोड २७ मा कोच प्रमोदका ट्यालेन्ट सृजय थपलिया र सुरेखा क्षेत्रीले तथा कोच दिपका ट्यालेन्टहरु राजु तामान र सि डी विजय अधिकारीले आफ्नो सांगेतिक कोशेली प्रस्तुत गर्ने छन । जसमध्ये दुई जना पुग्नेछन सेमिफाइनलमा । सम्पूर्ण अधिकार दर्शकमा छ, कसलाई बनाउनु हुन्छ त नेपालको पहिलो आवाज, जुन आवाज नै उसको पहिचान बन्ने छ ।

आफ्ना ट्यालेन्टहरुको उत्साह बढाउनका लागि कोचहरुले पनि आफ्नो आवाज दर्शक सामु फैलाउनेछन । नेपालको साङ्गीतिक जगतका रत्न दिप श्रेष्ठका गीतहरुले द भ्वाइस अफ नेपालको मञ्च गुञ्जिने छ, साथै प्रमोद खरेलको आवाजमा नेपाली मनहरु झुम्ने पक्का छ । हरेक श्रृंखलामा अतिथिको रुपमा नेपाली साङ्गीतिक क्षेत्रमा अमूल्य योग्दान गर्ने व्यक्तिहरुलाई देख्दै आएका छौं । आजको श्रृंखलामा नेपाली साङ्गीतिक क्षेत्रमा धेरै सुनिने नाम अञ्जु पन्तलाई अतिथिको रुपमा देख्न पाउने छौं । संगितिक क्षेत्रमा निकै प्रख्यात कलाकार अन्जु पन्तले न विर्सेँ तिमिलाइ न पाएँ तिमीलाइ बोलको गित लिएर स्टेजमा आउने छिन ।

 


Loading comments...