Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

अप्ठेरोमा परेकाहरुका लागि “हामी उठ्ने छौं”को रु १०० निःशुल्क मोबाइल रिचार्ज

२० चैत्र २०७६, बिहीबार १७:५२

“तपाईको सम्बन्ध हामी जोडनेछौं” “हाम्रो उद्देश्य यत्ति हो । हिजो आफ्नै टिम सदस्यलाई दिनभर फोन गर्दा पनि फोन सम्पर्क हुन सकेन । पैसा नभएर हैन रिचार्ज कुपन नपाएर, सबैको पहूँचमा डिजिटल टपअप त पक्कै पनि छैन । साँझ बल्ल जसोतसो फोनमा कुराकानी हुनसक्यो र यही समस्याको निश्कर्ष निस्कियो लौन केही गरौं । यस्तो समस्या शहर भित्रै त रहेछ भने बाहिर झन कस्तो अवस्था होला र हामीले घोषणा गर्यौं रिचार्ज गर्न नसकेर आफ्ना प्रियजन तथा आफन्तहरुसँग कुरा गर्न नपाएर समस्यामा परेकाहरुका लागि निःशुल्क मोबाईल रिचार्ज सुविधा ।”

निर्मल श्रेष्ठ
संस्थापक निर्देशक

उल्लेखित कुरा हामी उठ्ने छौं – We Will Rise Foundation का संस्थापक निर्देशक निर्मल श्रेष्ठको हो ।

वैश्विक स्वास्थ्य समस्या बनेको कोरोना भाईरस (COVID-19)बाट संक्रमित भएको व्यक्ति आज सरकारद्वारा जारी विज्ञप्ती अनुसार नेपालमा छैठौ व्यक्ति फेला परेको छ । देश लक डाउन (बन्दा बन्दी)को अवस्थामा छ र यस अवस्थामा नागरिकको मूलभूत कर्तव्य भनेको सरकारले यस लक डाउनको घोषणालाई पूर्ण साथ दिनु हो र घरमैं बसेर सम्भावित संक्रमणको खतराबाट आफू पनि जोगीनु र अरुलाई पनि जोगाउनु हो ।

यस्तो अवस्थामा अधिकांश पसल, सपिङ मलहरु खुल्न सकेका छैनन भने नागरिकको दैनिक अत्यावश्यक आवश्यक्ताका वस्तुहरुको पहूँच पनि झन जटिल बनेको छ । यो माहोलमा एकले अर्कालाई बाँधिराख्ने र सुःख दुःखका क्षणभरका अनुभूती तथा कुराहरु साटासाट गर्ने एउटा महत्वपूर्ण कुरा हो मोबाईल फोन तर, मोबाईल फोन त्यसबेला कामविहिन बनिदिन्छ जतिबेला त्यसमा फोनगर्न पर्याप्त पैसा हुँदैन ।

अहिले बजारमा रिचार्ज कार्डहरु सुलभ रुपमा उपलब्ध छैनन, निर्मल श्रेष्ठले भनेजस्तै सबैको पहूँचमा डिजिटल टपअप छैन । यस्तो बेला कम्तिमा गार्ह्रो सार्ह्रो परेको बेला आफना समस्या, कठिनाई आफ्ना आफन्त प्रियजनमा साटासाट गर्ने माध्यम भनेकै फोन कल हो । कतै तपाईंलाई मोबाइल रिचार्ज गर्न समस्या परेको त छैन् ? छ भने संकटको साथी “हामी उठ्ने छौं – We Will Rise Foundation” बन्ने छ ।

“पहिलो चरणमा ५०० जनालाई रू. १०० को रिचार्ज उपलब्ध गराउने हाम्रो वाचा भयो । कृपया यो हाम्रो वाचामा अत्यावश्यक परेकाहरुलाई तपाईंले हामीसँग जोडिदिएर समेत सहयोग गर्न सक्नुहुनेछ अथवा तपाईं यदी अप्ठेरोमा हुनुहुन्छ र एउटा फोन गर्न नपाएर हैरान हुनुभएको छ भने कसैको सहयोग लिएर हामीलाई सम्पर्क गर्न लगाउनुहोस् अथवा निम्न नम्बरहरुमा SMS गर्नुहोस् । हामी तपाईंको फोनलाई नेरु १०० बराबरको रिचार्ज गरिदिनेछौं” निर्देशक श्रेष्ठले बताउनुभयो ।

सम्पर्क नम्बरहरुः 9841287198 (NTC), 9813207487(Ncell)

तुलसी कुमार गुरुङ
संस्थापक

“हो यसरी नै हामी उठ्नेछौं, जब एकअर्कासँग जुटिरहने छौं । घरमैं बस्नुस् है अनि आफ्ना प्रियजन तथा आफन्तजनसँग जुटिरहौं । लकडाउनलाई साथ दिएर कोरोना बिरुद्धको यो वैश्विक लडाइलाई सफल पारौं”, “हामी उठ्ने छौं – We Will Rise Foundation” का संस्थापक तुलसी कुमार गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली

रुपन्देही, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास रुपन्देहीस्थित श्री नहरपुर माध्यमिक विद्यालयको

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त