अप्ठेरोमा परेकाहरुका लागि “हामी उठ्ने छौं”को रु १०० निःशुल्क मोबाइल रिचार्ज


“तपाईको सम्बन्ध हामी जोडनेछौं” “हाम्रो उद्देश्य यत्ति हो । हिजो आफ्नै टिम सदस्यलाई दिनभर फोन गर्दा पनि फोन सम्पर्क हुन सकेन । पैसा नभएर हैन रिचार्ज कुपन नपाएर, सबैको पहूँचमा डिजिटल टपअप त पक्कै पनि छैन । साँझ बल्ल जसोतसो फोनमा कुराकानी हुनसक्यो र यही समस्याको निश्कर्ष निस्कियो लौन केही गरौं । यस्तो समस्या शहर भित्रै त रहेछ भने बाहिर झन कस्तो अवस्था होला र हामीले घोषणा गर्यौं रिचार्ज गर्न नसकेर आफ्ना प्रियजन तथा आफन्तहरुसँग कुरा गर्न नपाएर समस्यामा परेकाहरुका लागि निःशुल्क मोबाईल रिचार्ज सुविधा ।”

निर्मल श्रेष्ठ
संस्थापक निर्देशक

उल्लेखित कुरा हामी उठ्ने छौं – We Will Rise Foundation का संस्थापक निर्देशक निर्मल श्रेष्ठको हो ।

वैश्विक स्वास्थ्य समस्या बनेको कोरोना भाईरस (COVID-19)बाट संक्रमित भएको व्यक्ति आज सरकारद्वारा जारी विज्ञप्ती अनुसार नेपालमा छैठौ व्यक्ति फेला परेको छ । देश लक डाउन (बन्दा बन्दी)को अवस्थामा छ र यस अवस्थामा नागरिकको मूलभूत कर्तव्य भनेको सरकारले यस लक डाउनको घोषणालाई पूर्ण साथ दिनु हो र घरमैं बसेर सम्भावित संक्रमणको खतराबाट आफू पनि जोगीनु र अरुलाई पनि जोगाउनु हो ।

यस्तो अवस्थामा अधिकांश पसल, सपिङ मलहरु खुल्न सकेका छैनन भने नागरिकको दैनिक अत्यावश्यक आवश्यक्ताका वस्तुहरुको पहूँच पनि झन जटिल बनेको छ । यो माहोलमा एकले अर्कालाई बाँधिराख्ने र सुःख दुःखका क्षणभरका अनुभूती तथा कुराहरु साटासाट गर्ने एउटा महत्वपूर्ण कुरा हो मोबाईल फोन तर, मोबाईल फोन त्यसबेला कामविहिन बनिदिन्छ जतिबेला त्यसमा फोनगर्न पर्याप्त पैसा हुँदैन ।

अहिले बजारमा रिचार्ज कार्डहरु सुलभ रुपमा उपलब्ध छैनन, निर्मल श्रेष्ठले भनेजस्तै सबैको पहूँचमा डिजिटल टपअप छैन । यस्तो बेला कम्तिमा गार्ह्रो सार्ह्रो परेको बेला आफना समस्या, कठिनाई आफ्ना आफन्त प्रियजनमा साटासाट गर्ने माध्यम भनेकै फोन कल हो । कतै तपाईंलाई मोबाइल रिचार्ज गर्न समस्या परेको त छैन् ? छ भने संकटको साथी “हामी उठ्ने छौं – We Will Rise Foundation” बन्ने छ ।

“पहिलो चरणमा ५०० जनालाई रू. १०० को रिचार्ज उपलब्ध गराउने हाम्रो वाचा भयो । कृपया यो हाम्रो वाचामा अत्यावश्यक परेकाहरुलाई तपाईंले हामीसँग जोडिदिएर समेत सहयोग गर्न सक्नुहुनेछ अथवा तपाईं यदी अप्ठेरोमा हुनुहुन्छ र एउटा फोन गर्न नपाएर हैरान हुनुभएको छ भने कसैको सहयोग लिएर हामीलाई सम्पर्क गर्न लगाउनुहोस् अथवा निम्न नम्बरहरुमा SMS गर्नुहोस् । हामी तपाईंको फोनलाई नेरु १०० बराबरको रिचार्ज गरिदिनेछौं” निर्देशक श्रेष्ठले बताउनुभयो ।

सम्पर्क नम्बरहरुः 9841287198 (NTC), 9813207487(Ncell)

तुलसी कुमार गुरुङ
संस्थापक

“हो यसरी नै हामी उठ्नेछौं, जब एकअर्कासँग जुटिरहने छौं । घरमैं बस्नुस् है अनि आफ्ना प्रियजन तथा आफन्तजनसँग जुटिरहौं । लकडाउनलाई साथ दिएर कोरोना बिरुद्धको यो वैश्विक लडाइलाई सफल पारौं”, “हामी उठ्ने छौं – We Will Rise Foundation” का संस्थापक तुलसी कुमार गुरुङले बताउनुभयो ।


Loading comments...