संकटको क्षण प्रविधिमार्फत समर्पित डाक्टरहरु


suyog dhakal

महोत्तरी सीतापुरका कामेश्वर धानुक (नाम परिवर्तन) लकडाउनको समयमा टाउको दुख्ने समस्याले ग्रसित भए, चढ्दो गर्मीले होला भन्ने एकथरि गाँउलेहरु अड्कल काटे त कतिले पेटमा ग्याँस धेरै भएर त्यसको प्रभावले टाउको दुखेको पनि बताए । गाँउमा भारतबाट भर्खरै आएका केहि गाँउलेहरु त्यहाँबाट कामको बिदामा घर आएक थिए, कोरोना त्रासको शंका एकातर्फ अनि अर्कोतर्फ कमलेश्वरलाई कोरोना संक्रमण भएको हुनसक्ने अड्कल बाजी पनि भयो, कतिपय गाँउलेहरु त तिनको घरको बाटो हिँड्न पनि डराउन थाले । यस अवस्थामा कामेश्वर त के जोकोही को पनि आत्मविश्वास डगमगाउन सक्ने थियो, डाक्टर भेट्न जान सहज अवस्था थिएन, लक डाउनले सबै बन्द तर ‘हाम्रो पात्रो’को कल टु डाक्टर सेवा प्रयोग गरेर कामेश्वरले आफ्नो समस्या सहज रुपमा राख्नुभयो । कमलेश्वरलाई सामान्य मौसमी परिवर्तन र डिहाइड्रेशन भएको र सम्भवत लकडाउन भएपछि यिनले एकपटक जचाउनु पर्ने हुनसक्ने डाक्टरले ठम्याए । डाक्टरको कुरा सुनेपछि कमलेश्वरमा आँट आयो, कामेश्वर ठिक हुँदै छन् र ‘हाम्रो पात्रो’ले ल्याएको यो सुविधाप्रति उनले साधूवाद अभिव्यक्त गरे ।

यस प्रतिकुल अवस्थामा स्वास्थ समस्या राख्न र परामर्श लिन डाक्टरको उपलव्धता र पहुँच सहज हुन्न, र Ncell को सहयोगमा हाम्रो पात्रोले शुरुवात गरेको यस सुविधा जसलाई NIC ASIA Bank को पनि सहयोग रहेको छ, यसले लाखौं नेपालीहरुले घर बसि बसि आशा र नैरोग्यताको लागि प्रत्यक्ष भिडियो कल सुविधा रहेको “Ncell Call To डाक्टर सेवा उपभोग गरिरहेका छन् । 

यो एउटा पेशाले दिने आत्मसन्तुष्टि मात्र हैन की हामी चिकित्सक राष्ट्रका लागि परेको बखत क्षमता प्रदर्शन गर्नसक्ने अवस्थामा छौं भन्ने सन्देश पनि होः डाक्टर रबिन बस्नेत

डाक्टर रबिन त्रिभुवन विश्वविधालय टिचिङ अस्पतालमा सघन उपचार कक्षमा मेडिल अफिसरका रुपमा कार्यरत थिय। जुनियर डाक्टर नेटवर्क नेपालमा केन्द्रिय सदस्यका रुपमा रहेका रविन अन्य धेरै पेशागत संगठनहरुमा कार्यरत छन् जस्तै ‘योङ डाक्टरस एसोसिएसन’मा सेन्ट्रल कमिटीमा सचिव, ‘नन गभरमेन्ट डाक्टरस एसोसिएसन’मा केन्द्रिय सदस्यका रुपमा पनि पदासिन रहेका डाक्टर रबिनले सन् २०१७ मा यूक्रेनबाट एमबीबीएस सकाएर स्वदेश फर्किएका हुन् ।

यही काममा अहिले स्वास्थ्य परामर्श सेवामा संलग्न स्वयमसेवक डाक्टरसँग यो “Ncell Call To डाक्टर सेवा” मार्फत कसरी अहिलेको वर्तमान लकडाउनको अवस्थामा कसरी सेवाग्राहीलाई सेवा दिइएको छ भन्ने जिज्ञासाका कारण मैले सम्पर्क गरें र डाक्टर रबिन र उनलाई साथ दिने स्वयमसेवी समूहका डाक्टरहरुसँग कुराकानी गरें ।

युवा डाक्टर रबिन बस्नेत र उनका अन्य पाँच जना हितैषी डाक्टर साथीहरु मिलेर ‘हाम्रो पात्रो’ले तयार पारेको भिडियो कल सुविधा “Ncell Call To डाक्टर सेवा” मा पालैपिलो आ-आफ्नो समय व्यवस्थापन गरेर घरमैं बसी स्वास्थ्य परामर्श लिन चाहने नेपालीहरुका लागि दैनिक दुई सय भन्दा बढीलाई कोभिड र यससँग सम्बन्धित लक्षणहरुबारे स्वास्थ्य परामर्श दिंदै आईरहनुभएको रहेछ भने नेपाल चिकित्सक संघ र काठमाण्डौ बाहिरका डाक्टरहरु पनि यो स्वयमसेवा कार्यमा आवद्ध भएर आफ्नो व्यवसायिक जीवनबाट फुर्सदको समय निकालेर सेवा दिंदैहुनुहुन्छ ।

“यूरोप र अमेरिका जस्ता सक्षम स्वास्थ्य संरचना भएका देशहरुलाई पनि घुँडा टेकाएको नोभेल कोरोनाले नेपाल जस्तो बिकासोन्मुख देशमा झनै समस्या थपिदिनसक्छ । तसर्थ समयमा नै स्वास्थ सेवा प्रदायक, प्रविधि प्रदायक र सेवाग्राहीको तालमेल मिलेमा यस महामारीबिरुद्ध एकतावद्ध भएर लड्न सक्षम बनाउन सकिन्छ”

बिरामीहरुसंगको प्रत्येक भेटको निश्चित रकम लिने चलन सामान्य बाहिरगं सेवामा रहन्छ, असामान्य अनि विषम परिस्थितीमा यस्तो निःशुल्क सेवा पाउनु त्यो पनि घरबाटै भनेको बिरामीहरुका लागि अभूतपूर्व अनुभव हो । डाक्टर रबिन बस्नेत र सहयोगी डाक्टरहरुको सुमूहले देखाएको उदहारणले धेरै मेडिकल प्रोफेशनललाई उत्साह र बल दिनेछ भन्ने हाम्रो ठम्याई छ ।

लाइभमाण्डूसँगको कुराकानीको क्रममा डाक्टर रबिन बस्नेत भन्नुहुन्छ, “विश्वकैं जटिल स्वास्थ्य संकटको रुपमा उभिएको यो असामान्य परिस्थितिबाट मुस्किलले केही देशलाई मात्र नछोएको हो, हाम्रो देशमैं ६ जना संक्रमित देखिसकेको अवस्था र सरकारले लिएको लकडाउनको यो अवस्थालाई मध्यनजर गर्दै हाम्रो पात्रोको यो पहलले हामीलाई हाम्रो संस्थालाई पनि संलग्न भएर केही गरौं भन्ने लागेर यो प्रविधि आफूले सिकेर र साथीहरुलाई पनि सिकाएर अहिले दैनिक मेरो व्यक्तिगत समय निकालेर यसका लागि समय दिईरहेको छु । विहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म र साँझ ७ बजेदेखि राती ९ बजेसम्म अनलाईन बस्ने र यस “Ncell Call To डाक्टर सेवामा प्राप्त फोनकलहरुको कुरा सुनेर वहाँहरु नआत्तिने, कोभिड बारे उचित स्वास्थ्य परामर्श तथा अन्य स्वास्थ्य समस्या छन् भने अपनाउनुपर्ने सावधानी र सामान्य सुझाव दिंदै आएको छु ।”

“त्यस्तै साथीहरु डाक्टर सङ्गीता भूसाल बिहान ८ बजेदेखि १० बजेसम्म, डाक्टर शान्ता चौहान अपरान्ह १२ बजेदेखि २ बजेसम्म, डाक्टर सरोज कुमार गोहिवार अपरान्ह २ बजेदेखि साँझ ५ बजेसम्म तथा डाक्टर घनश्याम पाण्डे साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म आफ्नो कार्यव्यस्तताबाट समय निकालेर अनलाईन बस्दै आउनुभएको छ । यो एउटा पेशाले दिने आत्मसन्तुष्टि मात्र हैन की हामी चिकित्सक राष्ट्रका लागि परेको बखत क्षमता प्रदर्शन गर्नसक्ने अवस्थामा छौं भन्ने सन्देश पनि हो ।”

“फेरी नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की उपाध्यक्ष अनिल बिक्रम कार्की, महासचिव बद्रि रिजाल तथा डाक्टर राजु सेंढाई, डाक्टर गुरु शरण साह, डाक्टर रितेश थापा जस्ता बरिष्ठ चिकित्सकहरु आफै यो कार्यमा स्वयमसेवी भएर लाग्नुभएकोले पनि हामी पाँचै साथी डेडिकेटेड सेवा दिनका लागि कार्यतालिका नै बनाएर काम गरीरहेका छौं ।”

महोत्तरीका कमलेश्वर देखि हुम्ला, जुम्ला, ईलाम, काठमाण्डौ लगायत देशैभर र ‘हाम्रो पात्रो’ चालाउने विदेश बस्ने नेपालीहरुलाई यस डाक्टरको समूहले अहोरात्र सेवा दिँदै आएको छ । मेडिकल ज्ञान र इन्टरनेटको प्रविधिलाई जोडेर बनाइएको यो डाक्टरसंग अनलाइन कल गर्न सक्ने सेवा संभवत नेपालकै पहिलो हुनसक्दछ, लकडाउनमा कोरोनाको त्रास अनि घरमा निस्सासिएर बसेका मान्छेहरुका लागि यो सेवा वरदान नै सावित भएको छ ।

“यूरोप र अमेरिका जस्ता सक्षम स्वास्थ्य संरचना भएका देशहरुलाई पनि घुँडा टेकाएको नोभेल कोरोनाले नेपाल जस्तो बिकासोन्मुख देशमा झनै समस्या थपिदिनसक्छ । तसर्थ समयमा नै स्वास्थ सेवा प्रदायक, प्रविधि प्रदायक र सेवाग्राहीको तालमेल मिलेमा यस महामारीबिरुद्ध एकतावद्ध भएर लड्न सक्षम बनाउन सकिन्छ” डाक्टर रबिन भन्नुहुन्छ ।

भोजपुरको सामन्य गाँउमा जन्म भएका रबिनले आफ्नो ठाँउमा सामान्य स्वास्थ सेवा समेत नपाएर धेरैजनाको मृत्यू अनि खराब अवस्था भएको देखेका रहेछन्, बिसं २०६२/६३ सालको एसएलसीमा अप्शनल म्याथ छनौट नगरि वहाँले पास गर्नुभएको थियो । अप्शनल म्याथ पढ्न आर्थिक हैसियत र करियरको छनौट जागरुकता नभएकाले गरिब परिवारका डाक्टर रबिनले अप्शनल पढ्न पाएनन ।

“म गरिबहरुलाई सेवा गर्न र स्वास्थ सेवाको पहुँच नेपालमा बिस्तार गर्न डाक्टर भएको हुँ” बडो गर्वका साथ डा. रबिनले आफ्नो कुरा राख्नुभयो ।

टेलीमेडिसिन यस्तो प्रतिकुल अवस्थामा राम्रो बिकल्प हुने उनको तर्क छ, डाक्टरले फोनमा भनेका सामान्य कुराहरुले पनि बिरामीको हौसला र जीवनप्रतिको दृष्टान्तमा ठूलो परिवर्तन ल्याउन सक्दछ ।

“Ncell Call To डाक्टर सेवामा डाक्टर रबिन सहित ५ जना सदस्य सहितको यस स्वयमसेवी डाक्टरहरुको समूहले बिहान ८ देखि बेलुकी ७ बजेसम्म आफ्नो सेवा प्रदान गर्दछन् । डाक्टर रबिन र उनलाई साथ दिने र देशका विभिन्न स्थानबाट नेपाल चिकित्सक संघको पहलमा तथा विभिन्न अस्पतालमा संलग्न काठमाण्डौ र काठमाण्डौ बाहिरबाट संलग्न १६० जना सबै डाक्टरहरुको यो समर्पणमा लाइभमाण्डूको साधूवाद!


Loading comments...