
कोरोना विरुद्ध स्नाइफर कुकुर परिचालन गर्दै दुबई
कोरोना विरुद्धको युद्धमा खरो उत्रिन हरेक देश, सरकार र ओखती कम्पनीहरु अहोरात्र खटिइरहेका छन् तर दुबई सरकारले भने एउटा नौलो प्रयोग कोरोना बिरुद्धको युद्ध जित्नका लागि गर्ने भएको छ ।
दुबई प्रहरीको के ९ अर्थात सेक्यूरिटी इन्सपेक्शन यूनिटका अनुसार बेलायती समकक्षीहरु संग मिलेर उनीहरु स्नाइफर कुकुरको परिचालन गर्दै कोरोना संक्रमीत पत्ता लगाउन प्रयत्नरत छन् । यसरी कुकुरहरुलाई तालिम दिएर कोरोना पत्ता लगाउन परिचालन गरिएमा कुनै प्रयोगशाला टेस्ट र मानव सक्रमणको खतरा बिना नै कोरोना संक्रमीतलाई क्वारेन्टाइनसम्म लैजान सकिनेछ ।
यसअघि यस्ता स्नाइफर कुकुरहरुलाई क्यानसर, पार्किन्सन र ब्याक्टोरियल इन्फेक्शनहरु पत्ता लगाउन तालिम दिइसकेको खबर छ । विश्व स्वास्थ संगठनकै अनुसार पनि कुकुरहरु कोभिड भाइरसको जोखिमबाट मुक्त रहेको र उनीहरु करियर पनि हुन सक्दैनन ।
लाइभमाण्डु