मुस्लीम संक्रमीतको शव जलाउने कि गाड्ने ?


ईस्लामीक धार्मिक परम्परा अनुसार शवलाई जलाएमा स्वर्गको बाटो प्राप्त हुन्न, तसर्थ ईस्लाममा शव जलाउन कदापी मान्य नरहने धार्मिक नेताहरुको भनाई छ । यद्धपि कोभिड १९ को प्रतिकुल अवस्थामा संक्रमीतहरुको शवलाई जमिनमा गाढ्नुभन्दा जलाइनु सुरक्षित मानिन्छ, विश्व स्वास्थ संगठनले पनि यस्तै निर्देशिकाहरुमा जोड दिएको पाइन्छ ।

बिस्रुल हफि मोहम्मद जुनुस ७३ वर्षका श्रीलंकन नागरीक हुन, श्रीलंकाका अहिलेसम्मका १५१ कोरोना केसहरुमा बिस्रुल पनि एक थिए जस्को मृत्यु भयो । सरकारले यिनको शवलाई परम्परागत दाहसंस्कार गर्न नलगेर बिधुतिय शवदाहमा जलाइदिएकोमा त्यहाँका अल्पसंख्यक मुसलमान समूदायको घोर विरोध सामना गर्नुपरेको हो ।

बिस्रुलका ४६ वर्षिय छोरा फयाजले पिताको दाहसंस्कार परम्परा अनुरुप गर्न नपाएकोमा खेद प्रकट गरेका छन् । यिनका पितालाई प्रहरी निगरानीमा शवदाहमा लगिएको र त्यहीं जलाइएकोमा यिनको गुनासो छ । यो दुविधा श्रीलंकालाई मात्र नभई अब अधिकतम देशहरुमा देखिनेछ जहाँ ईस्लामीक संक्रमीतको शवलाई दाहसंस्कार गर्नुपर्ने मुद्धा उठ्नेछ ।

के संक्रमीतका शवहरुलाई जलाइनु मात्र एउटा बिकल्प हो या अन्य बिकल्पहरु पनि हुनसक्दछन्, अध्ययन पनि जरुरी देखिन्छ । ईस्लामीक परम्परामा मृतकको शवलाई नुहाइदिएर अनि गाड्ने चलन हुन्छ जबकी आइसोलेसनमा मरेका संक्रमीतका शवहरुलाई प्लाष्टिकमा पोको पारेर लगेर जलाइनुपर्ने हुन्छ ।

मानव अधिकार संगठन एमएनस्टीले चाँही यस्ता जबरजस्ती दाहसंस्कार रोक्न उर्दी जारी त गरेको छ तर शवका कारणले अन्यमा सर्न सक्ने संभावना र जोखिमको बिषयमा केहि बोलेको छैन । परम्परा र बैज्ञानीक धारको यस लडाईमा अब ईस्लाम मात्र नभई अन्य सबै धर्महरु मुछिने स्पष्ट छ ।


विश्व स्वास्थ संगठनको निर्देशिकामा पनि कि त गाड्ने या जलाउने भन्ने बिकल्प रहेको भनी श्रीलंकाली सरकार उपर एउटा मुद्दा पनि परिसकेको छ । श्रीलंकाले आफ्नो रेसिस्ट बुद्धिस्ट एजेण्डाका कारणले यस्तो गरेको आरोप लागेको छ, २ करोड १० लाख श्रीलंकाली जनसंख्या मुस्लीम छन् जो त्यहाँको कूल जनसंख्याको १० प्रतिशत हुन आउँदछ ।

—-
लाइभमाण्डु


Loading comments...