साउदी अरबले आप्रवासीलाई उबर चलाउन रोक लगायो


विश्वभरि चर्चित ट्याक्सी भाडामा लिएर हिँड्ने मोबाइल एप ब्यबस्थापन कम्पनी उबर साउदी अरबमा पनि निकै प्रयोग हुन्छ । कोरोना संक्रमणको जोखिममा साउदी अरबले उबरमा आप्रवासी चालकहरुलाई रोक लगाइदिएको छ । एउटै ट्याक्सीमा एक भन्दा बढि शेयर गर्न मिल्ने, ट्याक्सीमा दैनिक धेरैजना चढ्नुपर्ने र संक्रमणको जोखिम हुने लगायत मुख्यतया त्यहाँका स्थानीय बासिन्दा अर्थात साउदी नागरीकहरुको घट्दो जागिर र रोजगारको अवस्थालाई नियाल्दै र आत्मसाथ गर्दै साउदीले यो निर्णय गरेको बताइन्छ । अब त्यहाँ बाहिरका मान्छेहरुले उबर चलाउन पाउनेछैनन, केवल साउदी मुलका चालकहरुले मात्र उबर चलाएर रोजगारी श्रृजनागर्न पाउनेछन् ।
युवा साउदीहरुलाई आफ्नो आर्थिक अवस्था बढोत्तरी गर्न र स्वाबलम्बी बन्न प्रोत्साहन गर्ने योजना अनुरुप यसो गरिएको साउदीको मानीय श्रोत र समाज बिकास मन्त्रालयको बिज्ञप्ती छ, मन्त्री हमद अल राजीले यस्मा हस्ताक्षर गरेका छन् । अब देशहरु आफ्ना नागरीकको आर्थिक स्वालम्बनलाई सुनिश्चित गर्न लागिपरेका छन्, कोरोना संक्रमणको महामारीको यो पक्षलाई बिश्वका धेरै देशहरुले आत्मसाथ गर्दै आएका छन् ।

यसरी नियम नमानेर उबर चलाउने आप्रवासी चालकहरुलाई भारी फाइन, कारावास र हिडोर्ट पनि गरिन सकिने छ । आप्रवासी कामदारका लागि साउदी उबर चलाउने सर्वाधिक ठूलो थलो थियो, अब त्यहाँका दशौं लाख आप्रवासी कामदारहरु जागिर विहिन भएका छन् । कोरोना संक्रमण, तेलको मुल्य समायोजन, ईरानसंगको शितयुद्ध लगायत थुप्रै अन्य कारणहरुले साउदीको अर्थतन्त्रमा अहिले ठूलो धक्का पुगेको बताइन्छ ।

लाइभमाण्डु


Loading comments...