तुलसीदासले कसरी रामायण लेखे ?


रामायणका बिभिन्न स्वरुपहरु छन्, घटनाक्रमलाई श्रुती र स्मृतिका आधारमा कथेर तयार पारिएको रामायणको मुख्य स्वरुप वाल्मिकी रामायणलाई लिइएपनि तुलसीदासको रामायण राम चरित्र मानस, तेलगु श्री रंगनाथा रामायणम, ईण्डोनेशीयाको जाभाइन काकावीन रामायण, वर्माको यामा जातदव, थाई भाषाका रामाकिन र लाओ फ्रा लाकफ्रा लाम लगायत रामायणका थुप्रै स्वरुपहरु विश्वभरिका देशहरुमा लेखिएका छन् । म आज तुलसीदासको रामचरित्र मानसमा केन्द्रित हुन चाँहे, यस वर्षको रामनवमी पनि बित्यो अनि यस रामनवमि संभवत इतिहासकै सर्वाधिक सुनसान रामनवमि थियो, कोरोनाको त्रासमा घरघरबाटै रामनाम स्मरण र सिता राम उच्चारण गरियो, जनकपुरका राम मन्दिर र जानकी मन्दिर बन्द प्राय थिए ।

तुलसी दास शव्द अनि कथनका भण्डार थिए, शव्दमार्फत भक्ति गर्न खप्पीस यि लेखकले मर्यादा पुरुषोत्तम रामको नाममा आफ्नो शब्द अनि लेखहरु चढाँउदै गए । पछिल्लो रामायण अर्थात वाल्मिकी रामायण चाँही ईशापूर्व पहिलो शताब्दी देखि ५ औं शताब्दीको बिचमा लेखिएको मानिन्छ, तुलसीदासले यसै संस्कृत स्वरुपको रामायणको आधारमा आफ्नो रामचरित्र मानस तयार गरे । वाल्मिकी रामायणको तुलनामा तुलसीदासको कृति निकै सानो तर काव्यीक दृष्टिले अझै प्रखर अनि शब्दका जादुले भरिएका संवेदनापूर्ण रुपमा प्रस्तुत गरिएको छ । रामायणको संस्कृत स्वरुप त एउटा महाकाव्य हो तर तुलसीदासको रामचरित्रमानस चाँही केवल १२८०० लाइन, १०७३ हरफ अनि ७ भागमा बिभाजित भएको छ । गोस्वामी तुलसीदासको यो कृति मानविय संवेदनाले भरिएका छन्, पढ्दा पनि झलझली रामायणका पात्र अनि तिनका संवेदनाको गहिराईले हामीलाई ति पात्रहरु आँखै अगाडि ल्याइदिने तुलसीदासका लेखाई छन् ।

महात्मा गान्धीले पनि भक्ति ग्रन्थहरुमा रामचरित्रमानसलाई सबैभन्दा राम्रो लेखन र उत्कृष्ट प्रस्तुति भएको पुस्तक भनी ब्याख्या गरेका छन् । तुलसीदासले यी पुस्तकलाई अवधि भाषामा लेखेका हुन्, भनिन्छ कि तुलसीदासलाई सपनामा एकदिन शिव पार्वतीले दर्शन दिएर अवधि भाषामा रामायण लेख्न अनुरोध गरेका थिए रे । हजारौं वर्ष पछि पनि आज नेपालका तराई क्षेत्र, मिथिला अनि भारतका बिहारका अधिकांश क्षेत्रमा तुलसीदास र मैथिली महाकवी बिधापतिका किस्साहरु सुनिन्छ ।

संस्कृत भन्दा अवधि उतिवेला धेरै मान्छेहले बोल्ने भाषा थियो, संस्कृतको रामायण केवल उपल्ला दर्जाका पढेलेखेका मान्छेहरुले मात्र बुझ्दथे । एकजना सामान्य मान्छेका रुपमा तुलसीदासले संस्कृत स्वरुपलाई आतमसाथ गरेर त्यसमा भक्तिरसको भाव मिसाएर अद्धतिय पुस्तक लेखिदिए । १४ औं देखि १६ औं शताब्दी चाँही सामान्य मान्छेको वोलीचालीको भाषाको ग्रन्थ लेखिएको शताब्दी थियो, तुलसीदासले पनि सामान्य मान्छेको वोलीचालीको भाषामा रामायण कथिदिए । यसै समयमा बंगाली साहित्यको प्रथम ग्रन्थका रुपमा लिइएको बगांली स्वरुपको रामायण चन्दीदासाले लेखेका हुन्, , चन्दीदासाका समकक्षी मैथिली महाकवी पनि यसै समयका जन्म भएका कवि हुन्, सुरदासले यिनै दुई १४ औं र १६ औं शताब्दी आसपासमा ब्रज लेखे, त्यसपछि यसै समयमा बंगाली र मैथिली मिसाएर ब्रजवोलीमा गोबिन्ददासा लेखेका हुन् । यी दुई शताब्दीमा ग्रन्थ, दर्शन अनि महाकाव्यहरुलाई सामान्य मान्छेको बोलीमा ढालियो, यस्लाई भाषा र ग्रन्थको प्रजातन्त्रका रुपमा लिइन सकिन्छ, त्यसपछि हरेक घरघरमा आआफ्नै भाषामा ग्रन्थहरु पढ्न सकिने भयो ।

सन् १५३२ देखि १६२३ सम्म तुलसीदास यस ग्रहमा थिए, उन्ले रामचरित्रमानसमा राम चरित्रको यति मिठो पूर्नपरिभाषा दिएका छन् कि रामलाई चिन्न रामचरित्र मानस नपढिकन त्यो साक्षात्कार नै पूर्ण हुन सक्दैन । बनारसका थिती भएका पण्डितहरु तुलसीदासको अवधि भाषाको चयनले रिसाएका पनि थिए, संस्कृतको प्रयोग नै भाषाको संरक्षण र आधिकारिकता हो भन्ने मान्ने बनारसी ब्राह्मणको कुरामा तुलसीदास कति पनि लागेनन । पछि अवधी भाषामा लेखिएको रामचरित्रमानसलाई परीक्षण गर्न काशी विश्वनाथ मन्दिरमा संस्कृत रामायणको मुनी रामचरित्रमानसलाई राखेर ढोका लगाइयो, बिहान ढोका खोल्दा संस्कृतका रामायणको ठेलीको सबैभन्दा माथि रामचरित्रमानस थियो भन्ने कथन छ । रामचरित्रमानसमा शिवको भक्ति उत्सर्गमा तुलसीदासले सत्यम शिवं सुन्दरम उल्लेख गरेका छन् । आफ्नो पुस्तकको एकप्रति तुलसीदासले राजा अकबरको दरबारमा उन्को अर्थ मन्त्री तोदर मललाई पनि पठाए, तुलसीदास आफ्नो पुस्तकको संवर्धन र संरक्षण भएर पुस्तौं पुस्ता जाओस भन्ने चाहन्थे, आजको मेरो यो आलेख तुलसीदासको रामचरित्रमानसको कृपामा समर्पित गर्न चाहन्छु ।

सुयोग ढकाल
लाइभमाण्डु