Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

कोरोना सार्न प्यालीस्टाइनीका कारहरुमा थुकिन्छ, आखिर किन ?

२३ चैत्र २०७६, आईतवार १०:०७

कोरोना मानविय शरीरका थुक, खकार, सिंगान आदिबाट सर्न सक्ने तथ्याकं आएसंगै पूर्वी जेरुसलेमको बइट इस्का भन्ने गाँउमा केहि ईज्रेली सेट्लरसहरुले प्यालीस्टीइनीहरुका कारहरुमा थुक्ने र त्यस थुकबाट कोरोना सरोस् भन्ने कामना गरेको खबर आएको छ ।
यि सबै रामोट भन्ने ठाँउका केहि उपद्रो गर्ने सेटलर्स रहेका र उनीहरुको गाँउ छिर्ने र निस्कने प्यालीस्टाइनीहरुका कारहरुमा थुक्ने गरेको बताइएको छ । केहि दिनअघि मात्र तिनी सेट्लरसहरुमा भारी मात्रामा कोरोना संक्रमण परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो । प्यालीस्टाइनी यूवाहरुले ति उपद्रो मचाउनेहरुलाई लखेटेको र यिनै प्यालीस्टाइनी यूवाहरुको पहलमा त्यहाँका सडक र गल्लीहरु डिसइन्फेक्ट गर्ने कार्य पनि भइरहेको खबर छ । आखिर किन ईज्रेली सेट्लरसहरुले प्यालीस्टाइनी यूवाहरुलाई यति घृणा गर्दैछन् त ? मध्यपूर्वका बस्तीहरुमा साथसाथै बसेका ईज्रेली र प्यालीस्टाइनीहरु कोरोनाको बिषम परिस्थितीमा पनि एक हुन नसक्नुको औचित्य के हो त ? विश्व चकित छ ।

केहि हप्ताअघि ईज्रेलमा कार्यरत प्यालीस्टाइनी कामदारहरु पश्चिम तटको जोर्डन किनारमा भेला भएर आफूहरुलाई क्वाराइन्टाइनमा राख्दा ईज्रेली कम्पनी र सञ्चालकहरुले भुँईम सुत्न लगाएको भनी विरोध पनि गरेका हुन् । एकजना प्यालीस्टाइनी कामदारहलाई कोरोना पोजिटिभ देखिएपछि ईज्रेली अस्पतालले हत्कडी लगाएर अस्पतालबाट बाहिर निकालिदिएको खबर पनि सप्रमाण आएको थियो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास