Lifestyle Portal
  •   २४ श्रावण २०७९, मंगलवार

जुम्ल्याहा बच्चाहरुको नाम कोरोना र कोभिड राखियो

२४ चैत्र २०७६, सोमबार ०८:३५

घटना भारतको छत्तिसगढ राज्यको हो, त्यहाँ मार्च २७ देखि लक डाउन कायम गरिएको छ । राजधानी रायपुरको एउटा अस्पतालमा जुम्ल्याहा बच्चाको जन्म भयो, २७ वर्षिय आमा प्रिति शर्माले प्रेस ट्रस्ट अफ ईण्डियालाई बताएअनुसार आफ्ना सन्तानको यस विषम पस्थितीमा भएको जन्मलाई मातापिताले सदा संझन गर्न चाहन्थे, यसै कारणले बच्चाहरुको नाम नै कोरोना र कोभिड राखियो । कोरोना छोरी हुन् भने कोभिड छोरा हुन् ।

मातापिता बाहेक परिवारमा कोहिपनि अस्पताल जान सकेन्, लक डाउनले आवागमनमा निकै समस्या भयो, पूर्व प्रसुति जाँच पनि निकै समस्याका साथमा गर्न पाइएको थियो । गत हप्ता सरकारी अस्पतालमा सफलतापूर्वक ति जुम्ल्याहा बच्चाहरुको जन्म भयो । आमा प्रिति शर्माका अनुसार अस्पताल कर्मचरीहरुले नै ती नाम राख्न सुझाव दिएका थिए । बिनय बर्मा बच्चाहरुका पिता हुन्, ल्याटिन भाषामा कोरोनाको अर्थ क्राउन अर्थात श्रीपेचसंग गएर जोडिन्छ । भारत ३ हप्ते लकडाउनमा छ, यस लकडाउन अप्रिल महिनाको १४ तारिखसम्म चल्ने छ, १ दशमलव ३ विलियन जनसंख्याको आवादी भएको भारतमा महामारी फैलिएमा अवस्था निकै दर्दनाक हुन सक्ने अड्कलवाजी छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै