मस्जिदलाई मास्क कारखाना बनाइयो


यो घटना ईरानको हो, अमेरिकी नाकाबन्धीले अत्यावश्यक सामान र ओखतीसमेत आयात गर्न नपाएको ईरान यस समयमा आफ्नै बलबुतामा उभिरहेको छ, केहि यूरोपी सहयोग, चीनीयाँ आपूर्ति अनि विश्व स्वास्थ संगठनको थोरै सहयोगमा ईरान कोरोना बिरुद्ध लडिरहेको छ ।

ईरानी शहर शिराजमा एउटा धार्मिक श्राइन अर्थात मस्जिदमा प्रार्थना र अर्चना बन्द भएको अवस्थामा ईरानले त्यस ठाँउलाई मास्क बनाउने कारखाना बनाइएको हो । ईस्लामीक दर्शनमा बिशेष मान्यता राख्ने यस डोममा दर्शन गर्न पाकिस्तन, अल्वानिया, भारत, ईराक, सिरिया लगायतका ठाउँबाट दर्शनार्थिहरु आउने गर्दथे, अहिले त्यस डोममा सुरक्षा गाउन लगाएर महिलाहरु मास्क सिलाइरहेका छन् । यस ठाउँबाट ईरानले राष्ट्रिय सप्लाईका लागि दैनिक ४० लाख मास्क उत्पादन गर्दछ । उधोग मन्त्री रेजा रहमानको भनाईलाई राष्ट्रिय मिडिया एजेन्सी आइआरएनएले उद्धृत गरेको छ ।

लाइभमाण्डु


Loading comments...