अमेरिकामा १० हजार को मृत्यु : यूरोपको मृत्युदरमा कमी


सोमवारको दिन अमेरिकामा कोरोनाले मारिएका मान्छेहरुको संख्याले १० हजार नाघेको छ । जन हप्कीन्स विश्वविधालयको आधिकारिक तथ्याकंलाई हामी साभार गर्दैछौं । सोमवारका मितिसम्म अमेरिकामा ३६६००० मान्छेहरुमा कोरोनाको संक्रमण भइसकेको तथ्याकं छ ।

अमेरिका कोरोनाले सर्वाधिक धेरै मृत्यु भएका देशहरुको सूचीमा तेश्रो नंबरमा छ, सर्वाधिक धेरै ईटालीमा मारिएका छन् भने दोश्रो स्पेन हो । यूरोपका यि दुई देशहरु हेर्दा अमेरिका ईटाली भन्दा १५८८७ जना कम मृतक भएको देश हो भने स्पेनमा भन्दा अमेरिकामा १३०५५ जना कम मारिएका छन् । उता यूरोपमा भनें कोरोना संक्रमणको मृत्युदर कम हुँदै गएको खबर छ ।

अमेरिकामा ह्वाइट हाउसबाटै अनुमोदन भएको प्रतिवेदनले करिब १ लाख देखी २ लाख ५० हजार बढि अमेरिकीहरुको मृत्यु कोरोना बाट हुन सक्ने जनाएको छ भने लक डाउनको पालना गरकै खण्डमा पनि यो संख्याको मोर्टलीटी पुग्नसक्ने जनाइएको छ ।
गत हप्ता अमेरिकामा कोरोनाका कारणले पिक डेथ वीक भएको जनाइएको छ, अस्पताल र शहरहरु आफ्ना स्वास्थ सेवा बढाउन लागिपरेका छन् । न्यू योर्क, न्यू जर्सी, डेट्राएट मिचिगन र कनेक्टीकट जस्ता ठाँउहरु धेरै जोखिम र स्वास्थ प्रदायकलाई चाप परेका ठाँउहरु हुन् ।

९० प्रतिशत भन्दा बढि अमेरिकीहरु घरघरमा नै बसिरहेका छन् । उता यूरोपमा भने स्पेन र ईटालीमा मृत्युदर कम नभएपनि नयाँ संक्रमण उल्लेखनीय हिसाबले घट्दै गएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जनशन भने कोरोना संक्रमणले अस्पताल भर्ना भएका छन्, प्रतिकुल स्वास्थ अवस्थाका कारणले यिनलाई सघन उपचार कक्ष आईसीयू मा नै राख्नु परेको छ । जापानमा पनि अप्रिल ७ मा प्रधानमन्त्री एबले संकटकाल घोषणा गरेका छन् भने चीनले यसै दिन प्रथमपटक नयाँ संक्रमणले एकजना पनि नमारिएको जनाएको छ ।

लाइभमाण्डु


Loading comments...