ह्वाईट हाउसले अघि सारेको ओखतीको अन्यौल


हाइड्रोक्लोरोक्वीन, एउटा ओखतीको रसायन जस्लाई वाथरोगका विरुद्ध अनि पानीका भण्डारणहरु सफागर्न पनि प्रयोग गरिन्छ, यस ओखतीको कोरोना संक्रमीतमा प्रयोग हुँदाका असरहरु अझै अध्ययन गरिन र पुष्टि गरिन बाँकी छ । केहि साता अघि एक अमेरिकी दम्पतीको राष्ट्रपति ट्रम्पको ट्वीट अनुसरण गर्दै यस ओखती प्रयोगले मृत्यु पनि भएको थियो यद्धपि हाइड्रोक्वीन र अमेरिकी शाषकको पिरतीका कुराले विश्वलाई अन्यौलमा राखेको छ ।

स्मरण रहोस्, यस ओखती सबैभन्दा धेरै भारतले उत्पादन गर्दछ । यस्लाई मलेरिया विरुद्धको ओखतीका रुपमा प्रयोगरिएको भएतापनि कोभिड १९ मा यस्को असर र उपादयता अन्यौलमा नै छ । राष्ट्रपति ट्रम्पका ब्यापार सल्लाहकार पिटर नाभारो यस हाइड्रोक्लोरोक्वीनको पैरवी गर्ने मुख्य नेपथ्यमा बसेका मान्छे हुन् । आइतवारका दिन राष्ट्रपति ट्रम्पले मलाई के थाहा छ र, म डाक्टर त हैन तर म संग कमन सेन्स छ अनि यसको प्रयोग गर्दैमा बिग्रने नै पो के छ र ?  भनेका थिए । बिशेषज्ञले राष्ट्रपति ट्रम्पलाई यस ओखतीका प्रयोग सम्बन्धमा
बारम्बार जनाउ र प्रभावको परिणाममा सचेत गराइरहेकै छन् ।

अमेरिकी मेडिकल एसोसिएसनका प्रेसिडेन्ट डाक्टर पेट्रिक ह्यारिसले पनि यस ओखतीको परिणामा कोभिड १९ मा निकै खराब हुनसक्ने बताएका छन् यद्धपि ट्रम्पको हाइड्रोक्लोरोक्वीन माया अच्चमको छ ।

ट्रम्प स्वयम पनि डाक्टर हैनन भने यिनका ब्यापार सल्लाहकार पिटर नाभारोको पनि कुनै मेडिकल परिवेश छैन, मेडिकल एसोसिएसन, फुड एउण्ड ड्रग्स एडमीनीस्ट्रेशन लगायत कोभिड १९ विरुटको टास्क फोर्सको मुख्य डाक्टर फाउसीको पनि सल्लाह नमान्दै किन ह्वाइट हाउस क्लोरोक्वीन उपयोग गराउन चाहन्छ भन्ने प्रश्न एउटा रहस्य नै भएको छ ।
सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...