सुरक्षागत सामाग्री माग गरेपछि जेल हालिएका पाकिस्तानी डाक्टरहरु


पाकिस्तानी जेलहरुमा कारोना कहर भुसको आगो झै सल्किसकेको छ, चिकित्सक अनि अन्य पारामेडिक्सहरु अलर्ट छन् यद्धपि पाकिस्तानी सरकारको मस्जिद बन्द नगर्ने लगायतका केहि कठि कदमका कारणले पाकिस्तानलाई झनै समस्यामा पारेको बताइन्छ ।
दक्षिणपश्चिम वालोचीस्तानको क्वेटामा केहि डाक्टरहरुले आफूहरुले पीपीई नपाएको जनाँउदै प्रदर्शन गरेका थिए, ४७ जना डाक्टरहरुले सोमवारका दिन यसरी प्रदर्शन गरेका हुन् । लिकत शवानी त्यहाँका राज्यका प्रवक्ता उन्का अनुसार ति चिकित्सकहरुलाई पक्राउ गरेर पछि रिहा पनि गरियो । पछि मगंलवार पाकिस्तानी सेनाको विज्ञप्ती अनुसार क्वेटाका लागि पीपीई पठाइसकेको छ । ति ४७ जना डाक्टहरुले आफ्नो स्वास्थ र सुरक्षाका लागि वोल्दा प्रहरीले वर्वरतापूर्ण रुपमा दमन गरेको बताइन्छ, यस क्रममा धेरै डाक्टरहरुलाई पिटिइएको र जेलमा पनि यातना दिइएको खबर छ । २ जना डाक्टरहरुको कोरोना संक्रमीतहरुलाई उपचारका क्रममा आफैंलाई संक्रमण भएर मृत्यु भइसकेको छ भने मगंलवारका मितिसम्म पाकिस्तानमा ४००४ संक्रमणका केस र ५४ जनाको मृत्यु भइसकेको अवस्था छ ।

पाकिस्तानी सरकारको डाक्टरहरुप्रतिको रवैयाको चौतर्फि आलोचना भइरहेको छ, अप्रिल १४ वटा लकडाउनमा राखिएको पाकिस्तानमा अधिकतम कोरोना संक्रमणको केस छिमेकी ईरानबाट तिर्थयात्रा गरेर आउनेहरुमा देखिएको थियो ।

लाइभमाण्डु


Loading comments...