प्रदुषण तह घटेर ३० वर्षपछि भारतबाट हिमाल देखिन थालियो


लकडाउनले आकाश, वाटा, शहर अनि क्रियाशीलता सुनसान छ, यसका साथै घट्दो छ पृथ्वीमा मान्छेहरुको क्रियाशीलता । ईटालीका नहरहरुमा ६० वर्षपछि डल्फीनहरु देखिए, काठमाण्डौका घरका छतवाठ हिमालहरु छर्लग्गैं देखिए भन्ने समाचारहरु हामीले सुनेकै हौं तर भारतका शहरहरुबाट पनि स्पष्टसंग उत्तरतर्फका भिकमाय हिमालहरु देखिन थालेको खबर छ ।

लगभग २०० किमी पर बाटै यि भिकमाय हिमालहरु उत्तरी भारतका शहरहरुवाट स्पष्ट देखिएका हुन्, पन्जाबको जालन्धर लगायत पठानकोट लगायतका शहररुबाट हिमाल स्पष्ट देखिएका तस्वीरहरु यहाँ राखेका छौ ।


पूर्णिमा रातहरुमा स्पष्ट हिमालहरु घरका छतबाट देखेको भनी धेरै जना भारतीयहरुले तस्वीरसहित सामाजिक सञ्जालमा पोष्ट गरेका पनि छन् । भारततर्फको धुलाधर रेन्जका हिमालहरु देखेको भन्दै क्रिकेटर हरभजन सिंहले पनि पोष्ट गरेका छन् । प्रदुषणले अस्तव्यस्त दिल्ली शहर आफ्नो पूर्वअस्थामा फर्कने कसरतमा छ, त्यहाँको प्रदुषण तहमा उल्लेखनिय गिरावट आएको छ । भारतमा मात्र ३३ प्रतिशत वायु प्रदुषणको तह घटेको बताइन्छ, वातावरण स्पष्ट अनि खुल्ला भएको बताइन्छ । यसअघि भारतको वायु प्रदुषणको तह विश्व स्वास्थ्य संगठनको निर्धारत सुरक्षाको तहभन्दा ५ गुणाले बढि थियो ।


लकडाउनले विश्वभरि नै प्रदुषणको तह घटाइरहेको छ । भारतवासीहरुले ३० वर्षपछि हिमाल देख्न पाएकोमा बधाई, लकडाउनले वातावरणीय आयामलाई नयाँ धार दियोस् ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...