
हतोत्साह : कविता
२७ चैत्र २०७६, बिहीबार १४:४०
हतोत्साह !!
अनायासमै उद्वेलित म हुँन पुगेँ आज
फर्कि हेरेँ देशलाई नजरबन्दका माझ
हिमालको काखको त्यो सानो भूमि हाम्रो
आफू मात्र नभई सारा विश्वलाईनै राम्रो
खाद्यान्नमा आत्मनिर्भर जुत्ता, जुट, धागो
रोजगारीका अवसरमा लाग्नै रैछ आगो
परिवर्तनको खोल ओडी सैँतालिस पो आयो
उद्योग धन्दा कल कारखाना सबै बेची खायो
“अग्रगामी”ले बाउन्नमा परिकल्पना अर्को सारे
सपना देखाई राम राज्यको कैयन कैयन मारे
पश्चिमाका रहन सहनलाई भनी सधैँ बिकृति
उनैका पछि लागेर मासे आफ्ना धर्म संस्कृति
एकथरी चाहिँ नाम नआउँदा ढुक्क बस्या होलान्
यथार्थ तिनका तिनैलाई थहा छ भविष्यमा रोलान्
सुट बुट चट्ट लाएका, बिदेशी पर्फ्युम गनाउँने
अर्काको ईउरो खाएर तिनकै निती नियम बनाउँने
त्रिसट्ठीका सपना त झन अभिश्राप पो रैछन्
नेपाल भनौँदि आमा हाम्री भूमि मात्र भइछन्
बिरोधाभासको प्रवृत्ति यहाँ हर पाइलामा पाइयो
देउता बेच्नेहरूलाई धन “श्याम वर्ण”कै चाहियो
अनायासमै उद्वेलित म हुँन पुगेँ आज
फर्कि हेरेँ देशलाई नजरबन्दका माझ
फर्कि हेरेँ देशलाई नजरबन्दका माझ
लेखक: अज्ञात (सामाजिक सञ्जालबाट)
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन
डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी
काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।