
यमनमा दुईहप्ता युद्धविराम
यमनका हाउथी विद्रोहीहरुलाई ईरानले सहयोग गरेको आरोप छ, यिनै हाउथी विद्रोहीहरुको विरुद्धमा यूएई र साउदी अरबका सेनाहरु अपरेसन सञ्चालन गरेको वर्षौवर्ष भएको थियो । कोरोना भाइरसको संक्रमण महामारी अनि संयुक्तराष्ट्र संघको आव्हनका कारणले दुई हप्तालाई यमनमा युद्धविराम घोषणा गरिएको हो ।
साउदी अरबको राज्यले सञ्चालन गरेको समाचार एजेन्सी एसपीएलाई हामीले साभार गर्दै यो समाचार बनाएका हौ । साउदी अरबका अनुसार कोरोना संक्रमणलाई नियन्त्रण गर्न र हाउथी विद्रोहीलाई संयुक्तराष्ट्र संघको मातहतमा शान्तिप्रक्रियामा आउन यो युद्धविरामको घोषणा गरिएको हो जुन आगामी २ हप्तासम्म रहन्छ, साउदीका अनुसार साउदी र यूएई यमनमा दीर्घकालिन शान्ति र युद्धको अन्त भएको हेर्न चाहन्छ ।
हाउथी अभियानका प्रमुख मोहम्मद अब्दुलसलाम पनि ५ वर्ष लामो यमनको युद्ध अन्त गर्दै यमनमाथिको संयुक्तराष्ट्र संघको नाकाबन्धी फुकुवा भएको हेर्न चाहन्छ । जे होस् कोरोना भाइरसको संक्रमण प्रभावको अवस्थामा यमनको युद्धविराम पनि एउटा सकारात्मक समाचार पनि हो ।
लाइभमाण्डु