
दुबईमा लकडाउनको दौरान बिवाह र समबन्धबिच्छेदमा प्रतिबन्ध
लकडाउनले विश्वका हरेक कुनाका बासिन्दा अनि त्यहाँका सामाजिक क्रियाकलापहरुलाई असर गरेको छ । लकडाउनले सम्बन्धहरु बनाउन अनि बिगार्न दुबै सक्दछ तर दुबईले भने लकडाउनका समयमा सामाजिक भेला रोक्नका लागि बिवाह र समबन्धबिच्छेद दुबैमा रोक लगाएको छ । ईमिरेट्स राज्य अहिले कडा लकडाउनमा छन्, कोरोना कहर संक्रमणको भावी संभावना रोक्न यो नियम ल्याइएको बताइएको छ, दुबईको न्याय मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा यी कुराहरु स्पष्ट लेखिएको पाइन्छ ।
आफ्ना निकटतम परिवारलाई पनि साथमा राखेर कुनै भेला या भोज नगर्न कडा उर्दी जारी गरिएको छ । करिब २००० कोरोना केसहरु र १२ जनाको मृत्यु दुबईको कोरोना संक्रमण डाटामा दर्ता भइसकेका छन् । दुबईमा घरबाहिर निस्कन सरकारी परमीटको आवश्यक्ता पर्दछ र यस्ता परमीटहरु अत्यावश्यक सामानहरु र सेवाहरु प्रदायकलाई मात्र दिइएको छ ।
लाइभमाण्डु