स्पेनमा जो निःशुल्क ट्याक्सी सेवा दिन्छन्


कोरोनाले तोड्ने र जोड्ने दुबै काम गरेको जस्तो लाग्छ, जब मानवहरु एैक्यवद्धता कायम गर्दै एकअर्कालाई सहयोग गर्दछन् । यस्तै एउटा उदहारण छ स्पेनको जुन देश कोरोना महामारीले सर्वाधिक धेरै हानी गरेको र सर्वाधिक धेरै मृतक संख्या भएको देशहरुको सूचीमा सूचीवद्ध छ ।

स्पेनमा पाकिस्तानबाट गएका श्रेयद सेज घर पुगेर आफ्ना ३ वर्षे छोरा र श्रीमतीलाई अंगालोसम्म मार्न पाँउदैनन, छुन पनि पाँउदैनन किनभनें यिनी दिनभरि काममा निस्कँदा कोरोना संक्रमणको त्रास रहन्छ । वार्सिलोनामा मात्र १९५ पाकिस्तानी मूलका ट्याक्सी चालक छन्, स्पेनका मात्र नभई विश्वभरिका सकल ट्याक्सी चालकहरु अहिले सर्वाधिक जोखिममा छन् । श्रेयदले आफ्नो ट्याक्सीमा स्पेनका कोरोना विरुद्ध लड्ने डाक्टर र स्वास्थकर्मीहरुलाई सम्मान स्वरुप निशुल्क सेवा प्रदान गर्दछन् ।

मार्च महिनाको मध्यमा स्पेनमा लकडाउन शुरु भयो, ट्याक्सी चालकहरुले आफ्नो समुहमा रात्रिकालिन समयताका मेडिकल स्टाफहरुलाई कसरी घर जान मद्धत गर्ने भन्ने कुरा चल्यो, अन्तत स्वंसेवीरुपमा निशुल्क ट्याक्सी सेवा दिएर स्वास्थकर्मीहलाई घर लैजाने सल्लाह भयो । यस स्वंसेवामा तेश्रो मुलुकबाट स्पेन आएका २०० बढि ट्याक्सीचालकहरु सहभागी भइसकेका छन् ।

वार्सिलोनाको कान रुती अस्पताल मोफसलमा पर्दछ यद्धपि यस अस्पताल लगायत हरेक अन्य अस्पतालहरुमा रात्रिकालिन सेवा सकाएर घर फर्कने स्वास्थकर्मीहरुलाई सेड्यूल मिलाएर यी ट्याक्सी चालकहरुले निशुल्क सेवा प्रदान गर्दछन् । असिम गोन्दल नाम गरेका आप्रवासी ट्याक्सी चालकले यि मेडिकल स्टाफहरु जोखिममा काम गरेर जोखिम उठाँउदै सार्वजनिक यातायातमा डिँडेको देख्दा आफ्नो मन कटक्क भएको बताए । कामबाट निस्केपछि उनीहरुलाई यसकारण पनि हामी सुरक्षित रुपमा घर लगिदिन र ल्याउन चाहन्छौं । स्पेनका लागि यो कठिन समय हो, वार्सिलोनामा मात्र ४३ हजार पाकिस्तानीहरु बस्दछन् र स्पेनभरि ८९ हजार बढि पाकिस्तानीहरु छन् ।

लाइभमाण्डु


Loading comments...