विशेषज्ञहरु मानवीय मूल्य र उत्प्रेरणाको मूलभूत अर्थ बुझ्दैननः रतन टाटा


कोरोना भाइरसका कारणले अर्थतन्त्रमा ठूलो गिरावट आउने विशेषज्ञहरुको तर्क छ तर म यि विशेषज्ञहरु कसैलाई पनि चिन्दिन, म त केवल यति जान्दछु कि ति विशेषज्ञहरुलाई मानविय मूल्य र उत्प्रेरणाको मूलभूत अर्थ र महत्व थाहा छैन । यि तिनै विशेषज्ञहरु हुन् जस्ले दोश्रो विश्वयूद्धपछि जापानको कुनै भविष्य नभएको बताएका थिए तर त्यो त्यहि विश्वयूद्धले धराशायी बनाएको जापान हो जसले ३ दशक भित्र अमेरिकालाई अमेरिकाको बजारमा आफ्नो पहूँच तथा विश्वबजारमा ललकारेर पछार्न सफल भयो । यि विशेषज्ञहरुले विश्व मानचित्रबाट इज्रेललाई अरब देशहरुले हटाइदिने अड्कल पनि काटे तर आजको विश्व मानचित्र अनि अरबको फेरिहिस्त बिल्कुलै फरक छ ।

एरोडाइनामीक्सको नियम अनुसार ‘बबल बि’ अर्थात एकप्रकारको माहुरी उड्न नसक्नुपर्ने हो तर ति माहुरीहरु अन्य माहुरीहरु भन्दा पनि जुझारु र क्रियाशील छन् । यी माहुरीहरु उड्न सक्दछन् किनभने यिनीहरुलाई एरोडाइनामीक्सको सिद्धान्त नै थाहा छैन । विशेषज्ञहरुको कुरा मान्ने हो भने भारत सन् १९८३ को विश्वकपमा कहिँ कतै नहुनु पर्ने हो । विल्मा रुडोल्फको कुरा गर्न चाहें, यि महिला ४ वटा ओलम्पीक्स जित्ने प्रथम अमेरिकी महिला एथलेट हुन् । यिनले खुट्टामा ब्रेसेस लगाउँथिइन, शुरुवाती दिनमा ब्रेसेस लगाएर हिँड्न पनि नसक्ने यि महिला पछि गएर ओलम्पीक्समा ४ वटा दौड जितेर प्रतियोगीतामा स्वर्ण विजेता होलिन भन्ने कसले लेखा गरेको थियो होला र ?

अरुणीमा सिन्हा सामान्य जीवन पनि बाँच्न अफ्ठेरो रहने अड्कल र ठम्याई थियो तर स्मरण रहोस् तिनै अरुणाीमाले सगरमाथा चढिन् । यो कारोना भाइरस क्राइसिस पनि फरक छैन, हामी सबैजना मिलेर एैक्यवद्धताका साथमा कोरोनालाई पराजित गर्न सक्दछौं, भारतीय अर्थतन्त्र तिव्र गतिमा फेरि अघि बढ्नेछ, यो मेरो विश्वास छ ।

—-
रतन टाटा


Loading comments...