Lavender Pre-school धोबिघाट काठमाण्डौको अनलाइन कक्षाहरु


लकडाउनले विश्व सबै घरभित्रै बसिरहेको छ अनि बढ्दो छ डिजिटल प्रविधिको प्रयोग । ससाना बच्चाहरु र उनीहरुको प्रारम्भिक बालबिकास यस लकडाउनले प्रभावित हुने निश्चित छ, यतिमात्र हैन कि सबैजना बिधार्थी र हरेक उमेरसमुहका मान्छेहरु यसवाट प्रभावित भइरहेका छन् । बालबालिकाको कलिलो मष्तिष्क अनि बिकासक्रममा रहेका धारणा, बुझाई, सीप, प्रत्यूत्तर गर्ने क्षमता, समन्वयात्मक तथा संवेगात्मक बिकासमा यस लकडाउनको प्रत्यक्ष प्रभाव पर्नेछ ।

यसै क्रममा काठमाण्डौ धोबिघाटमा रहेको एउटा पूर्व प्रारम्भिक बिधालयले अनलाइन कथावाचन र कक्षामार्फत आफ्ना बिधार्थीहरु मात्र नभई ईच्छुक सबै बिधार्थीहरुलाई शिक्षा र सन्देश अनि ज्ञानहरु दिँदै आएको छ । प्रकृतिमा आधारित सिकाई अर्थात नेचर बेस्ड लर्नीगंका निमित्त दत्तचित्त यस बिधालयले यसअघि आफ्ना बिधार्थीहरुलाई खुला ठाँउ, प्राकृतिक वातावरण अनि धारणामा आधारित शिक्षा दिइरहेको हो, यस पटकको लकडाउनले बिधार्थीहरु घर मा नै रहनुपरेकाले बिधालयले अनलाइन कक्षाहरु अनि कथावाचनका श्रृखलाहरु प्रसारण गर्दै आएको छ ।

यी कक्षाहरु यहाँहरुले निम्न लिङकमा हेर्न सक्नुहुनेछ ।

Posted by Lavender preschool on Monday, 6 April 2020

लकडाउनमा आफ्ना बालबच्चाहरुसंग सकेसम्म धेरै र अर्थपूर्ण सहय बिताउनुहोस्, उनीहरुलाई रचनात्मक कुराहरुमा संलग्न गराँउदै नयाँ कुराहरु सिकाउनुहोस्, यी कथाका लिङकहरु पनि उनीहरुलाई प्रदान गर्न सकिनेछ है । यी लीकंहरु यस स्कुलले सञ्चालन गरेको एकादेशमा कथा श्रृखलाका लिङकहरु हुन् जस्मा बेलायती लेखिका, बाथ विश्वविधालयकी प्राध्यापीका नेपाललाई असाध्यै माया गर्ने क्रिस्टिन टीपरका नेपाली कथाका श्रृखलाहरु सबिना र पुन्टे हात्ति, एन्जोको जन्मदिन लगायतका श्रृखलाहरु पनि छन् ।
लाइभमाण्डु

 

Posted by Lavender preschool on Saturday, 11 April 2020

 

Posted by Lavender preschool on Wednesday, 8 April 2020

Posted by Lavender preschool on Tuesday, 7 April 2020

Posted by Lavender preschool on Sunday, 5 April 2020

 

Posted by Lavender preschool on Saturday, 4 April 2020


Loading comments...