नयाँ वर्षमा कोरोना महामारीले गर्दा यि ५ कुराहरु परिवर्तन हुनसक्नेछन्


लाखौं मान्छेहरुले आफ्ना आफन्तजन गुमाइसकेका छन्, कोरोना का कारणले र अब आउने वर्षहरुमा करोडौै तरिकाले मानव समाज र जीवनमा असर पार्नेछ । केहि महिनाअघि मात्र हो, वेलायतले यूरोपियन यूनियन छाड्दा यूरोपका देशहरु यस मतमा बिभाजित पाइएका थिए, अहिले कोरोनाले सबै देशलाई एकै धरातलमा उभ्याइदिएको छ । भारत सरकारको कश्मिरप्रतिको दृष्टि, पश्चिमाहरुको सिरियातन्त्र लगायत ह्वाइट सुप्रमेसी लगायतका कुराहरुमा बिभाजित विश्व केहि महिनामा नै घरभित्र अनि एैक्यवद्ध पाइएको छ । हजारौं वर्षले परिवर्तन गर्न नसकेको यस विश्वलाई केहि महिना ले नै रुपान्तरण गरिदिएको छ, हैन र ?

दोश्रो विश्वयुद्धपछिको त्यो भन्दा पनि ठूलने क्राइसिसमा विश्व फसेको छ, अहिलेका सबै पुस्ताहरुको जीवनमा यो पहिलोपटक भोगिएको हो । यी बिचारहरु मेरो व्यक्तिगत बिचार हुन तसर्थ आज म कुनै रिफरेन्स या बिचार साभार गर्ने सोचमा छैन, मलाई लाग्छ निम्न यि कुराहरुमा अबका वर्षहरुमा परिवर्तन आउनेछन् ।

समाजको स्वरुपमा परिवर्तन
एकअर्कालाई भेटेर, हात मिलाएर, कुरा गरेर प्रत्यक्षरुपमा अनि सामुहिक कार्यक्रमहरु गरेर शोक र उत्सर्ग मनाउने समाजको चलन अब कम हुँदै जानसक्छ । अब मान्छेहरु एकअर्कासंग प्रत्यक्ष भेट्न, भौतिक रुपमा नजिक हुन र सामुहिक कार्यक्रमहरुमा जान हिचकाउनेछन् । अबका दिनमा स्वत यस्ता सामुहिक कार्यक्रम, भोज भत्तेर, कन्सर्ट, फियस्टा, महोत्सव लगायतका कुराहरुमा व्यापक कमी आउनेछ ।

नयाँ स्वरुपको देशप्रेम विश्वभरि देखापर्नेछ

उदहारणका लागि अमेरिकालाई लिऔं, हतियार र अस्त्रशस्त्रहरुमा आधारित राष्ट्रवाद अमेरिका लगायत अन्य विश्वका धेरै देशहरुले अपनाएका थिए । तर यस भाइरसको संक्रमणपछि हतियारहरुले भाइरसलाई मार्न नसक्ने प्रमणित भएको छ । अबको नयाँ स्वरुपको देशप्रेमले हतियार भन्दा पनि स्वास्थ संयन्त्र, सरसफाई, अस्पताल र मेडिकल जनशक्तिको उपादयता अनि उपलव्धतालाई आधार बनाउनेछ । चिकित्सकहरुलाई नयाँ स्वरुपका सैनिकका रुपमा हेरिन थालिसकेको छ अनि नर्स लगायत अन्य पारामेडिकको उपलव्धतालाई सुरक्षा र देशप्रेमको हिसाबले हेरि थालिएको छ ।

अब विश्वमा व्यक्तिगत सोचमा कमी आउनेछ
धेरै वर्ष हामीले हाइपर इन्डीचिज्यूयालीज्म, मार्केट समाजसंग रोमान्स खाले समबन्ध राख्यौ । सार्वजनिक सुविधा, सार्वजनिक सम्पती र सार्वजनिक धारणामा खासै लगानी भएको थिएन तर अब एक्लेपना आँफैमा सुरक्षित नहुने र आफू मात्र एक्लै सुरक्षित हुन नसकिने भएकाले समाजलाई सुरक्षा दिनुपर्ने सोचमा बिकास हुनेछ । अब घरभित्र मात्र नभई समुदाय र समाजका लागि र सार्वजनिक संरचनाका लागि लगानी बढ्दै जानेछ ।

धार्मिक प्रार्थनाहरु फरक प्रकारले हुनेछन्
हिन्दुहरुको कुम्भ मेला, ईस्लामको उम्रा र जुम्मा, क्रिस्चियनहरुको पनि त्यस्ता धेरै कग्रिगेशनहरु अब नयाँ स्वरुप र प्रवृतिमा हुनेछन् । सामुहिक प्रार्थनाहरु उल्लेखनीय रुपमा कम हुनेमात्र हैनन कि त्यस्ता भेलाहरु अब कानुनीरुपमा नै दयडनीय सम्म हुनसक्नेछन् ।

प्रार्थनाका प्रक्रियामा प्रविधीहरुको प्रयोग बढेर जानेछ भने कालान्तरमा तिर्थस्थलहरुको उपस्थितीमा नै पनि प्रश्नचिह्न उठ्न सक्नेछ । मुर्तीपूजा नगरि हरेक हिसाबमा सामुहकि प्रार्थना गर्ने चलनहरु आगामी दिनमा कसरी भगवानका के प्रतिमालाई मान्दै प्रार्थना गर्नेछन् त भन्ने चाँही भविष्यले देखाउनेछ ।

डिजीटल जीवनशैली बढ्नेछ
स्क्रीनमा मान्छेहरु अब झनै समय बिताउने र भर पर्ने गर्नेछन्, जीवनशैलीलाई डिजीटल , सुरक्षित र स्वस्थ बनाँउदै मान्छेहरुले एकअर्कालाई भेट्ने र भौतिकरुपमा उपस्थित हुने कुरामा कमी ल्याउनेछन् । डिजीटल संयन्त्रलाई सरकारी नियन्त्रण गर्ने नियम पनि हट्दै जानेछ ।

कोरोना महामारीपछि विश्वले आफ्ना यथावत संरचना र चलनलाई धेरै परिवर्तन गर्नेछ । मुख्यतया विश्वव्यापीकरणमा कमी आउने चाँही पक्का छ भने बैदेशिक रोजगारी लगायतका कुराहरुमा पनि स्वरुप परिवर्तन हुने ब्यापक संभावना छ । मानव सभ्यता र वर्षहरुले यस्त धेरै महामारीहरु देखसकेका छन्, खपीसकेका छन्, सबकुरा ठिक हुँदै जान्छ र ज्यूनु भनेकै परिवर्तनसंग तालमेल मिलाँउदै जानु त हो, तसर्थ हाँस्दै बाचौंला, नयाँ वर्ष २०७७ साल जय होस् ।

सुयोग ढकाल


Loading comments...