
कोरोना भाइरसले विनाश गर्यो भन्दै जर्मनले चीनलाई १४९ विलियन यूरोको विल पठाउँदै
कोरोना कहरको उच्चतम बिन्दुमा अत्यन्त पीडादायी अवस्थामा रहेका यूरोपका केही देशहरुले चीनलाई कोरोना संक्रमण शुरु गरेको आरोप सहित उपहास स्वरुप केहि रकम कोरोना विनाशलाई पूर्ति गर्न पठाउने क्रम चलेको पाइएको छ । एक्सप्रेस सिओ यूकेको समाचार यहाँ अनुवाद गर्दै छौं । जर्मनको एउटा मुख्य पत्रिकाले चीनका नाममा एउटा बिजक जारी गर्दै चीनले जर्मनलाई कोरोना कहर पठाएकोमा १३० विलियन डलर तिर्नपर्ने उपहास प्रकाशित गरेको छ । चीनले पछिल्लो समयमा पनि कोरोना क्राइसिसको सत्य विवरण जनाउन र बताउन नसकेकोमा कोरोना संक्रमणको जाखिम विश्वभरि बढेको र कोरोना अझैपनि सबैका लागि एउटा रहस्य भएको जनाएको छ ।
Hey can you ask them for $12 trillion for us? https://t.co/UAuC30JCNx
— Austin Open The Economy Petersen (@AP4Liberty) April 19, 2020
शनिवारका दिन अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यदि चीनले कोरोना कहर उत्पादन गरेको हो भने यसको दुष्परिणाम पनि चीनले नै सबैभन्दा बढि भोग्ने जनाएका छन् । ट्रम्पका अनुसार चीनले समयमा नै संक्रमण नियन्त्रण गर्न नसकेकाले अहिले समग्र विश्व नै यसको चपेटामा आएको हुनसक्दछ । यदि यो गल्ती हो भने क्षमा गर्न सकिएला तर यो षडयन्त्र हो भने चीनले यसको परिणाम भोग्नेछ भनि अमेरिकी राष्ट्रपतिले बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पलगायत उन्का बरिष्ठ सल्लाहकारहरुले नै धेरै पटक कोरोना कहरमा चीनको अपारदर्शितालाई औंल्याउँदै आएका छन् । यसै हप्ता हुवानमा ५० प्रतिशत थप महामारी संक्रमण पाइएको बताइएको छ, उता वेलायतका इन्टेलिजेन्स र अमेरिकी गुप्तचर संस्थाहरु मिलेर एकैसाथ हुवानमा या हुवानको कुनै प्रयोगशालामा कोरोना जिवाणु रोपिएको थियो भनेर अनुसन्धान शुरु गरिसकेका छन् ।
उता जर्मनको सर्वाधिक ठूलो विचार र मन्थनहरु प्रकाशित गर्ने ओपेड बम्बशेलले १४९ विलियन यूरोको बिल चीनको नाममा जारी गर्दै चीनको उपहास गरेर कोरोना बिध्वंश रचेवापत जर्मनलाई चीनले सो रकम तिर्नुपर्ने बिजक जारी गरेको छ । हुन त यो आधिकारिक त हैन तर यूरोपमा पछिल्लो समय चीन विरुद्ध आवाजहरु अनि कोरोना कहरमा चीनको संलग्नताका कुराहरु चर्किरहेको पाइन्छ यद्धपी यो कुरा प्रमाणित भनें भइसकेको तथ्य हैन ।