लकडाउनमा सङ्लीएको गंगाको पानी


खशर भारतबाट आएको हो, भारतको पवित्र गंगा नदि भारतीय उपमहाद्धीपभरि मात्र नभई विश्वभरिका सनातन दर्शन पालना गर्नेहरुका लागि पवित्र मानिन्छ । भारतले ७०० करोड भन्दा बढि रकम लगानी गरेर गंगा सरसफाई अभियान चलाँउदा वर्षौसम्म नपाएको उपलव्धी लकडाउनको एक महिना मा नै प्राप्त भएको छ । यस महिनाभरि न त कुनै बैज्ञानीक रसायन न त कुनै फिल्टर प्लान्ट नै स्थापना गरियो तर गंगाको पानी सम्पूर्ण रुपले सङ्लीएको खबर छ ।

मार्च २० मा एकजना महिलाले बनारसको गंगाकिनारको घाटमा लिएको तस्वीरमा देखिएको गंगाको यस शहस्राब्दीकै सर्वाधिक कञ्चन गंगाको रुप मानिएको हो । गंगा निर्मल मात्र भएको नभई त्यहाँका जलचरहरु स्पष्ट देखिन थालिएको छ भने कतै कतै त पानी खानलायक नै भएको खबर द वायरले छापेको छ ।

पहिलेजस्तो फोहोरी गन्ध अहिले उति नआएको र निर्मल गंगाका पानी आफ्नो वेगले बगिरहेका छन् । हिमालमा पनि औधोगिक प्रदुषण कम भएका कारणले हिउँहरु पग्लने क्रम निरन्तर अनि सौहार्दरुपमा अघि बढिरहेका कारणले समथरका नदिनालाहरु कञ्चनरुपमा वगिरहेका छन् । यसका साथै विश्वलाई नदिनालाले आफू स्वयम प्रदुषित नभएको र नदि प्रदुषण क मगर्न कुनै परियोजना नभई मानवीय क्रियाकलाप र अस्तव्यस्त प्रदुषण कम गरिनुपर्ने जानकारी पनि गराएको छ । खोला आँफै सङलीन सक्दछ, गंगाले यो तथ्य प्रमाणित गरेकी छिन् ।

लाइभमाण्डु


Loading comments...