आमाको मुहार, हेरेर आउथे कोरोना मान्दैन


कबि:- राजु आचार्य

आमाको मुहार, हेर्ने दिन आयो, कोरोना दिंदैन।
दुइ पाना लामो, निवेदन लेख्दा, कोरोना लिदैन।।
संस्कार यो हाम्रो, अनुपम राम्रो, कोरोना जान्दैन।
आमाको मुहार, हेरेर आउथे कोरोना मान्दैन ।।
मातृभक्तिलाई, कसरी जानोस? सम्बन्ध चिन्दैन।
समाधान मार्ग, देखाउँदै मुद्दा, कोरोना छिन्दैन ।।
मनमा छ धेरै, संस्कारी चलन, कोरोना बुझ्दैन।
सनातन हाम्रो, धर्मको भनाई , कोरोना पूज्दैन।।
पर्वको प्रतीक, गहनता सबै, बुझेर लिदैन।

आमाको नजिक, पुगेर आउन,कोरोना दिँदैन ।।
सन्तान र आमा, बीचको साईनो, मनमा गुन्दैन ।
दश औंला जोडी, निवेदन गर्दा, कोरोना सुन्दैन ।।
“चेली र माइती, हो धेरै नजिक,” यो पनि मान्दैन।
आमाको दर्शन, गर्ने यो चलन, कोरोना जान्दैन ।।
त्यो जन्म घरको, रमाइलो हेर्न, उत्सुक यो मन।
अति नै निराश, भएको पाउँछु, चिन्तित भो झन।।
सम्झना आउँछ, पोहर- परार,आमा नै भेटेको ।

कसरी यो साल, कोभिडले हाम्रो, त्यो बाटो मेटेको ?
फलफूल राम्रा, परिकार मिठा, आमाको अगाडि ।
चढाउदै ढोग्ने, धोको हो एउटा,सर्ने भो पछाडि ।।
कहाँबाट आयो? कोरोना खराव! नजाऊ भन्दियो।
सन्तान र आमा, बिचमा दरार,कोरोना बन्दियो।।
आशीर्वाद राम्रो,हजूरको मिल्थ्यो,म खुशी बन्दथे ।
आरोग्य दिउन,ईश्वरले सधैं,आमामा भन्दथे ।।
लेनदेन यस्तै,नछुटोस हाम्रो,भौतिक दूरीले।
हे ईश्वर!छिट्टो,उडाई लगोस,कोरोना हूरीले ।।
आदर्श शिक्षक,हे सुन्दर आमा,यो साल भेट्दिन।
अर्को साल खोल्छु,दिलका यी गाथा,पक्का म मेट्दिन
मानिसको साथ,नपाउदा सम्म,कोरोना डूल्दैन।
नरलोकलाई,घर भित्र थुन्न,कोरोना भुल्दैन ।।
ठाॅऊ फेर्दै आफै,माध्यम नभई,कोरोना छिर्दैन।
मानिसले बाटो,बन्द गरिदिउ ,कोरोना पिर्दैन ।।
कबि:- राजु आचार्य


Loading comments...