एउटा वयस्कको लकडाउन डायरी : ३१ औं दिन


यो निन्द्रा पनि धोकेवाज छ, आजभोली दिल खोलेर निन्द्रै लाग्दैन । घर छेउको समीको रुखमा कोइलीहरु कराउन थालेको निकै भइसक्यो, शायद बिहान छिप्पीसक्यो होला ।

सुत्ने अनि उठ्नेका बिचमा एउटा झिनो पर्दा छ, त्यो हो पल्टिरहनु । अब केहि बेर पल्टिन्छु, पल्टिएर केहि सोच्छु, घरमाथिको टायलको छानोमा भएका टायलहरुमा तलपटि पत्रिका टाँसिएको छ, यसवर्ष घरबसुञ्जेल ति पत्रिकाहरु मैले यति पटक हेरिसकेँ कि कतिपय डेहलाइनहरु त मलाई जूनीभर याद नै हुनेवाला छ ।

सुयोग ढकाल

छिमेकी दाइले महिनादिनलाई पुग्ने चामल र सोयाविनको बोरा बिगमार्टबाट ल्याएपछि, खाना पकाउन आउने बहिनी पनि केहि दिनलाई घर जाने भएपछि, बल्खुको तरकारी बजारमा पसलेहरु कम हुन थालेपछि, स्कुलहरु सबै बन्द भएपछि अनि ममीको फोनमा ‘घर आइज’ भनेर आउन थालेपछि मेरो आँट हडबडायो ।

काठमाण्डौबाट हतार हतार लकडाउनको डरले तराई झरेको मान्छे म, रातारात । एउटा ग्लानी छ, मैले काठमाण्डौलाई भुकम्पमा छाडिन । एक्ला सडकहरुमा कालो झोला बोकेर बाइकमा बेफ्वाँकमा दौडिएको थिएँ । अडियो रेकर्डरमा भुकम्प कथाहरु कैद गरे, केहि रेडियोहरुमा आशा जगाउने कथाहरु पनि बजाएँ, लोचन दाई र म साथ थियौ । बाइकमा धादिङवेसीसम्म पुगियो, क्यामकर्डर बोकेर खिच्दै, भत्केका घरहरुमाथि चढ्दै, भत्काइएका भित्ता अनि चर्केका चिर्काहरु खिचियो । काठमाण्डौको आज्ञाकारी वासिन्दा मैले विगतका १२ वर्षहरुमा काठमाण्डौको साथ भुकम्प, नाकाबन्दी र आन्दोलनहरुमा पनि छाडिन ।

लकडाउनमा भने मेरो आँट धरमरायो, एक्लोपना देखी डर लाग्नथाल्यो, घरबाट पनि यतै आइदिए हुन्थ्यो भनेर तारन्तार फोन कलहरु आउनथाले अनि म पनि हुइकिँए ।

बिहान उठेर काठमाण्डौ सम्झन्छु, गाँउमा समय त ढिलो दौडने रछ, साँच्चै हो, यहाँ दिनहरु लामा लामा छन् अनि रातहरु झन लामा । नत्र हरेक रात १० बजेसम्म काम गरेर त्यसपछि ५ गेम लुडो खेलेर अनि त्यसपछि केही दर्जन गीत सुनेर सुत्दा पनि ६ बजे नै आँखा कहाँ खुल्ने हुन् र ?

आजभोली म श्यामलाई सम्झन्छु, लकडाउन डायरीमा श्यामको नाम नलेखी पूर्ण हुनेवाला छैन । श्याम निरौलासंगको मेरो भेट ७ घण्टाको संयोग हो । लकडाउन हुने हल्लीचल्ल्ली चलेपछि मलाई काठमाण्डौमा हुँदा नै मनमा चिसो पस्यो, लकडाउन मैले पहिलोपटक प्रशासनीक रुपमा सुनेको शब्द थियो । लकडाउन शुरु हुने औपचारीक सन्देशहरु नै आएपछि, छिमेकी दाइले महिनादिनलाई पुग्ने चामल र सोयाविनको बोरा बिगमार्टबाट ल्याएपछि, खाना पकाउन आउने बहिनी पनि केहि दिनलाई घर जाने भएपछि, बल्खुको तरकारी बजारमा पसलेहरु कम हुन थालेपछि, स्कुलहरु सबै बन्द भएपछि अनि ममीको फोनमा ‘घर आइज’ भनेर आउन थालेपछि मेरो आँट हडबडायो ।

तेसो त यो लकडाउन शब्दमा भएको डाउन भन्ने शब्दसँग डर लाग्दैन, धेरै पटक डाउन भएर पनि उठेको छु । मलाई लक शब्दसँग डर लाग्छ, यस्ले स्वतन्त्रता हनन गर्छ, मलाई कुनामा राख्छ, घरभित्रैको जेल शायद ! अफिसमा सबैजना भेला भयौं, त्यसदिन हाम्रो ई-लर्नीङ परिवारका ३ वटा साझेदारहरुसंग मिटिङ थियो । अफिसमा नर्सिङ कलेजका केहि बिधार्थीहरु पनि आउँदै थिए । बिजय मास्क लगाएर आयो, श्याम सरको मास्क हप्तादिन अगाडिबाटै शुरु भइसकेको थियो, रुपेन्द्र र मसँग मास्क थिएन, औपचारीक रुपमा भोलीबाट अफिस बन्द गर्ने र घरबाटै भर्चुअल काम गर्ने, सबैजना अफिस टाइममा अनलाइन बस्ने सल्लाह भएपछि मैले त्यसै रात घर फर्किने निधो गरेको थिए ।

लामो समय लकडाउन हुने सम्भावना अनि राती राती घर जानुपर्ने अवस्था भएकाले गाडि लिएर जाने निधो गरे, गाडीमा सुरक्षागत रुपमा पनि एक्लै लामो यात्रामा जान मन लाग्दैन तसर्थ तत्कालै फेसबुकमा कोही जाने भए खबर पाँउ, जनकपुरसम्मै छाडिदिन्छु भनेर लेखें । श्याम निरौलाको कल यसै संयोगमा आयो । सिटिएफमा मिटिङ सकाएर अफिस आएर ताल्चा साँचो सबै मिलाएर आफ्नो गुँड छाड्ने तयारी थालें र कालो झोलामा केहि लुगा हालेर, GoPro बोकेर म घरका लागि निस्किन तयार भएँ । देवकी भतिजीको कान्छो छोरा अफिसमा मसँगै घर जान आइसकेका थिए, उनका दाजु प्रशान्त भाइलाई पूर्याउन हाम्रो अफिससम्म आएका थिए । प्रशान्तसँग २० वर्षपछि मेरो भेट थियो त्यो, श्याम सर, बिजय, रुपेन्द्र सबैजनासँगै निस्कने भनेर बसेका थियौं, श्याम र उनको दिदी झमेलको ठाडोढुङ्गा चोकमा आए, त्यसदिन ढोका लगाएर निस्केको अफिस र त्यही अफिसमाथिको मेरो गुँड आजसम्म पनि खुलेको छैन ।

बिहानको समयमा नै नेपालमा सर्वाधिक डाउनलोड भएको मोबाइल एप हाम्रो पात्रोका आगामी कल्चरल आर्टिकलहरु नेपाली भाषामा परिमार्जन गर्छु, अंग्रेजी भाषामा कोर्दछु, कहिले तातोपानी आधा ग्लास चिसो र बाँकी नै भएको हुनेरहेछ, शायद शब्दमा अर्थको खोजि धेरै भएर होला कहिले तातो बाफले मलाई बिर्सिन्छ त कहिले बाँकी पानीलाई मैले ।

श्याम र श्यामकी दिदि केहि ढिला गरेर आएका थिए, उनीहरु आउनासाथ डिकीमा उनीहरुको झोला राखेर हामी कुद्यौं, निस्कँदा नै गाडीको हेडलाइट बाल्नुपर्ने भइसकेको थियो । श्याम निरौला र उनकी दिदि गाइघाट उदयपुरका बासिन्दा हुन्, अहिले उनीहरुको ठाउँमा रहेको मस्जिदमा संक्रमीत भेटिएपछि संक्रमण बढ्दै गएको र सम्पूर्ण ठाँउ नै शिलबन्दी गरिएको छ । म घरिघरि श्यामको स्टेटस हेर्छु, हामी एमआरआर भन्ने समूहमा भएकाले यिनले त्यहाँबाट मेरो पोष्ट चालपाएर संगै जान कल गरेका थिए । श्यामका पोष्टहरुमा सरकारप्रतिको गुनासो, संरचनागत असक्षमता अनि त्रास छ । अहिले शिल भएको क्षेत्र उनको घरमा श्याम सपरिवार मसँगै एउटै मोटरमा काठमाण्डौबाट लकडाउन छल्न आएका थिए, हरेक दिन बिहान म श्यामलाई सम्झन्छु, उसलाई केहि नहोस् भन्ने लागिरहन्छ ।

१ः३० बजे बिहान बर्दिवास छेउको पेट्रोल पम्पमा भएको बसबाट गाइघाटका लागि निस्के । ७ घण्टामा सँगै खाना खाँदा, गफ गर्दा, श्यामको दिदिसँग लुकेर निन्द्रा नलागोस भनेर गुट्का चपाउँदा हामी धेरै नजिक भएको भान भयो । नेपालथोकमा एकजना साथीको होटल छ, पछिल्लो महिना संयुक्त राष्ट्र संघीय एजेन्सीलाई जलवायू परिवर्तन विषयमा स्थलगत कथा लेखिदिन र भिडियो बनाउन आएको बखत चिनजान भएको । हाम्ले फेरी त्यहीं खाना खायौं । श्यामले मलाई पैसा तिर्नै दिएन, मलाई अफ्ठेरो लागेको थियो । भिमानमा एउटा पेट्रोल पम्पमा रोकेर एकैछिन आराम गरियो, श्यामले त्यहाँ पेट्रोलको पैसो पनि जबरजस्ती तिर्यो, मैले साथी खाजेको थिएँ साथमा आउन, उसले हरेक कुरामा स्पोनसर नै गरिरह्यो, मलाई खर्च गर्नै दिएन । घर पुगेर उसले फोन गरेर दाजू हामी आइपुग्यौं भन्यो, मलाई ढुक्क लाग्यो । अब मलाई श्यामले दाजू यहाँ संक्रमण नियन्त्रणमा आयो, हामी सुरक्षित छौं भनेर कल गर्यो भने मनमा शकून मिल्नेछ ।

अब म उठ्छु, उठेर एक घण्टा भान्सामा बसेर कम्प्यूटर खोलेर सरररर समाचार पढ्छु । ममीले तातोपानी दिनुहुन्छ, यसरी आमाबुवासँग यतिका लामो समय त कहिल्यै बसेको थिइन, लाइभमाण्डुका लागि समाचार लेख्छु, मे महिनाबाट २ वटा रेडियो परियोजनाहरु देशव्यापी रुपमा गर्दैछु, स्क्रीप्टमा काम गर्दैछु । घरबाट काम गर्दा मन उड्दो रहेछ, म तथ्यहरु लेख्न बस्छु तर कथा अनि पात्रहरु लेखिन्छ, शब्दहरु अर्ग्यानीक हुँदैछन् अनि ति शब्दहरुलाई कमरशियल बनाउन ज्यादै कसरत गरीरहनुपरेको छ । बिहानको समयमा नै नेपालमा सर्वाधिक डाउनलोड भएको मोबाइल एप हाम्रो पात्रोका आगामी कल्चरल आर्टिकलहरु नेपाली भाषामा परिमार्जन गर्छु, अंग्रेजी भाषामा कोर्दछु, कहिले तातोपानी आधा ग्लास चिसो र बाँकी नै भएको हुनेरहेछ, शायद शब्दमा अर्थको खोजि धेरै भएर होला कहिले तातो बाफले मलाई बिर्सिन्छ त कहिले बाँकी पानीलाई मैले ।

दिँउसो अफिसको काममा व्यस्त भइन्छ, भात खाएर सुत्ने बानी परेको छ, लकडाउन पछि यो बानी कसरी हट्ने होला ? फेसबुक  लाइभ आउने गर्छु कहिलेकाँही, कपाल लामो अनि दाह्री बिरक्त लाग्दो भएको छ, आफ्नो लाइभ भिडियो आँफै हेर्दा आफू लकडाउनमा बैरागी भएछु जस्तो लाग्छ तर काट्ने तारतम्य र जाँगर अहिले दुवै मसँग छैन । म घरबाट बाहिर निस्कन्छु, समीको रुखसम्म, कहिलेकाँही बाउछोरा खेततिर घुम्न गइन्छ । गहुँ काटिएका खेतहरु ठुटे देखिएका छन् अहिले । घर पछाडि भएको एउटा मेवाको रुखले दिउँसोको खाजा जुराइदियो केहि हप्ता, रुखमै प्रकृतिको ताप र समयानुसार पाकेका मेवाहरु खान पाउँदा फोटो खिचेर फेसबुकमा पनि हाले ।

म्याथ पिरीयडमा ललित सरको कक्षाको पिटाई अनि एक्कासी सोधिने प्रश्नको डर पछि अहिले आएर मलाई पहिलोपटक भोलीको डर लाग्न थालेको हो । म जन्मेको कोठालाई यस वर्ष भत्काएर नयाँ घर बनाइन लागिएको छ । ठूलोबुवाहरुले बनाउन लागेको घरका सिमेन्टका टाटाहरु मुनीको माटोमा भएको भुँइतल्ले माटोकै घरमा यो माटोप्रेमीको साढे दुई दर्जन बर्ष अघि जन्म भएको थियो ।

सन्तोष दाईसँग बारम्बार कुरा हुन्छ, आनन्द सर, बालकृष्ण गैरे सर, रुपेन्द्र, बिजय, लिडिया, अनिश मण्डल अनि बिराटनगर देखि बङ्लादेशसम्म, कलंकीदेखि कपनसम्मका परिवारका सदस्यहरुसँग दैनिक कुरा हुन्छ । रुपेन्द्रको परिवारमा लकडाउनको क्रममै लक्ष्मीको आगमन भएको छ । बल्खुस्थित वयोधा अस्पतालको पूर्व कर्मचारीको नाताले सुत्केरीको लागि तारतम्य मिलाईएको थियो । सबै राम्रो भयो, काठमाण्डौ भएपछि छोरी भेट्न जानै बाँकी छ ।

छोरीको कुरा गर्दा सन्तोष दाइले छोरी सन्चारीले गीत गाएको भिडियो हाल्नुहुन्छ, म एकटकले छोरीले गाएको हेर्छु, आफन्तका आवाज जहाँ बसेर पनि हेरिन सहज छ । सुन्ने त अन्जान आवाजहरु हुन् । छोरीको गीतमा म दृश्य देख्छु, छोरी असाध्यै मिठो गाँउछे, मेरी भतिजी भएर भनेको हैन, उसको आवाजमा दृश्य छ । दाजु भाउजु र अर्की सानी छोरीको पनि आफ्नै अन्दाज छ । सबै मस्त रहून, काठमाण्डौमा भएको एक टुक्रा सुयोग देवकोटा निवासमा पनि रहेको छ, वर्षौदेखि ।

हाम्रो पात्रोले डाक्टरहरुसँग निशुल्क परामर्श लिन हाम्रो डाक्टर सेवा शुरु गर्यो, त्यसका बारेमा दिल खोलेर लेखेँ, टिचिङ अस्पतालका डाक्टर रबिनको नेतृत्वमा दैनिक विहान ९ बजे देखि रातको ९ बजेसम्म बिभिन्न २०-२५ जना डाक्टर साथीहरुको सहयोगमा देश विदेशबाट विशेष त कोरोनासँगसम्बन्धित स्वास्थ्य समस्या, मनोचिकित्सा जस्ता सहयोग गरीरहनुभएको छ । यस्तो विशम परिस्थितिमा देशको सेवामा निस्वार्थ सेवामा खटिएका चिकित्सक समूहलाई मेरो साधुवाद !

खुब खनजोत गरी त्यहाँ केही सागहरु र तरकारीका बिउँहरु छरें तर त्यहाँ छरिएका सागका बिउहरु टुसाएनन तर फर्सिको बिउँ टुसायो र बढ्दै पनि छ । लकडाउनमा फर्सिका बिरुवाहरु पनि वयस्क हुँदै जानेछन्, अनि थपिदै जानेछ एउटा वयस्कको लकडाउन डायरीका पानाहरु ।

हामीले पनि बिचमा ७ वटै प्रदेशका १४ वटा रेडियोहरुमा कोरोनासमबन्धी तथ्यहरु अनि भ्रमहरु चिर्ने रेडियो PSA हरु उत्पादन गरी प्रशारण गरिरहेका छौं जसमा वयोधा अस्पतालका डाक्टर प्रकाश श्रेष्ठको आवाजमा ति जानकारीहरु राखिएका छन् ।

नयाँ वर्षको दिन मर्निग वाकमा निस्कनुभएको बुवा बाटोमैं लड्नुभएछ, अनुहारमा चोट लाग्यो । बुवाको रुटीनमा खानुपर्ने केहि आखेतीहरु सकिन पनि आँटेको थियो, केहि अरु ल्याउनुपर्ने भयो, गाँउका ओखती पसलहरुमा उपलब्ध थिएनन । त्यस दिन दुबै छोराहरु लकडाउन बिर्सैर महेन्द्रनगर गयौं । यथेष्ट ओखतीहरु ल्यायौं, परेपछि आँट त्यसै आउनेरहेछ । महेन्द्रनगरमा ओखती पाइयो, बाटोमा कसैले रोकेर किन आएको भनी सोधनन, हामी डाक्टरको पूर्जीसहित हिँडेका थियौं, त्यस दिन भगवान हनुमानले लक्ष्मणका लागि सञ्जिवनी बुटी ल्याउँदाको जस्तो अनुभव भयो । लकडाउन पछि बुवालाई डाक्टर फलोअपमा काठमाण्डौ ल्याउनु पर्ने पनि छ ।

मलाई घरि घरि भोली के हुन्छ भन्ने त्रास लाग्छ, यस्तो जीवनमा पहिलोपटक भएको हो, नत्र मलाई भोली भन्न् शब्द र अर्थसँग डर लाग्दैन । स्कूल पढ्दा म्याथ पिरीयडमा ललित सरको कक्षाको पिटाई अनि एक्कासी सोधिने प्रश्नको डर पछि अहिले आएर मलाई पहिलोपटक भोलीको डर लाग्न थालेको हो । म जन्मेको कोठालाई यस वर्ष भत्काएर नयाँ घर बनाइन लागिएको छ । ठूलोबुवाहरुले बनाउन लागेको घरका सिमेन्टका टाटाहरु मुनीको माटोमा भएको भुँइतल्ले माटोकै घरमा यो माटोप्रेमीको साढे दुई दर्जन बर्ष अघि जन्म भएको थियो ।

यहाँ पानी पर्यो या हावाहुरी चल्यो भने बत्ति जान्छ, चिसो पानीले नुहाउन गर्मीमा पनि सक्दिन तसर्थ दिउँसो ट्याङ्कीको पानी तातो भएको बेला नुहाउने मौका छोप्छु । हतारमा धेरै लुगा ल्याउन पइन, पुराना लुगाहरु घरका बाकसबाट निस्क्ने क्रम जारी छ ।

घर पछाडिको खाली जग्गा खनेर निकै पौरख गर्ने सोंच आयो, खुब खनजोत गरी त्यहाँ केही सागहरु र तरकारीका बिउँहरु छरें तर त्यहाँ छरिएका सागका बिउहरु टुसाएनन तर फर्सिको बिउँ टुसायो र बढ्दै पनि छ । लकडाउनमा फर्सिका बिरुवाहरु पनि वयस्क हुँदै जानेछन्, अनि थपिदै जानेछ एउटा वयस्कको लकडाउन डायरीका पानाहरु ।

आमाको मुख यो वर्ष फुर्सतमा हेरियो, कस्तो जुरेको ? दिनभरि आमासँगै नै बसिन्छ, त्यस दिन त्यसै भयो । खाना पकाउने जाँगर चलाएको हुँ, आमालाई साथ दिंदै भान्सामा पकाउन सघाएँ । दिँउसो बिस्कुन सुकाइयो, औंशीको दिन बिस्कुन सुकाँउदा किरा लाग्दैन अरे । यसवर्ष आँपको अचार सबै सकाइसकें, लकडाउनमा आँपका फक्का अचारहरु पहिलो हप्ता नै भ्याइसकिएको थियो ।

हरेक साँझ बाउछोरा पुराना हिन्दी गीतहरु सुन्छौं, म देवानन्द अनि सङ्गीतकार के एल सेहेगलको सङ्गीतको फ्यान । साहिर लुधियानी, हसरत जयपुरी अनि शैलेन्द्रको शब्दको झन फ्यान । पिताजीको सङ्गतले म मीनाकुमारीको पनि फ्यान भएछु कि जस्तो लाग्न थालेको छ । मच्छरको आवाज अनि टोकाइले हात गोडा सबैतिर बुट्टा बनाइदिएका छन्, उनीहरुलाई कति रमाइलो, न त लकडाउन न त कोरोना त्रास । रातीको गोलो रोटीले भोली उदाउने गोलो सूर्यको याद दिलाउँछ ।

आजभोली रात र बिहानको बिचमा निकै फरक देख्न थालेको छु । लकडाउन उदेक लाग्दो छ, यी डायरीहरु म कोरोना संत्रासपछि विश्व पहिलेजस्तो भएपछि फेरि पढ्नेछु, यहाँ मेरा उकुसमुकुसहरु छन्, मेरा उकुसमुकुसहरुलाई प्रशोधन गरेर डायरीका स्वरुप दिइरहनेछु ।


सुयोग ढकाल


Loading comments...