Lifestyle Portal
  •   २५ बैशाख २०७८, शनिबार

चलचित्र कलाकार संघको समन्वयमा नृत्य कलाकारहरुलाई राहत वितरण

१२ बैशाख २०७७, शुक्रबार ११:१०

काठमाडौँ – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारणले मानब जीवन अस्त व्यस्त बनेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन महिनौं दिन देखि नेपालमा लकडाउन जारि छ । यस महामारीको कारणले गर्दा दैनिक मजदुरी गरेर जीवनयापन गर्ने श्रमीकहरुको अवस्था गम्भिर बन्दै गएको अवस्थामा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको समन्वयमा तथा ‘नेपाल शाकाहारी पार्टी’को संयोजनमा ‘नेपाल नृत्य संघ’का करिब ७० जना दैनिक जीवनन यापनमा कठिनाइ भोगिरहेका पीडित, राहातबिहिन नृत्यकारहरुलाई अनामनगरमा राहत वितरण गरिएको छ । नेपाल नृत्य संघका कार्यबहाक अध्यक्ष जनक कार्कीको अनुरोधमा उक्त खाद्यान्न राहत वितरण गरिएको जानकारी ‘नेपाल चलचित्र कलाकार संघ’का अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराएका छन् ।

नेपाल शाकाहारी पार्टीका अध्यक्ष राधेश्याम खड्का, चलचित्र बिकास बोर्डका पुर्व सदस्य राजेन्द्र केसि(राजु) को सहयोगमा तथा जमिनकी अध्यक्ष बिद्या बज्राचार्य र कोषाध्यक्ष महात्मा पराजुली लगायतको सक्रियतामा उक्त राहत सामग्रीहरुलाई जुटाएर नृत्य कलाकार र प्राबिधिकहरुलाई वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कार्यकारी सदस्य गीता नेपाल, रामेश्वर बुर्लाकोटी, प्रेस सल्लाहकार सुर्य चन्द, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अधक्ष्य राधेश्याम लेकाली, संचारकर्मी रिता लिम्बु, नृत्य संघका पूर्व अध्यक्ष दिनेश पाख्रिन, सामाजसेवी भानु ढकालको उपस्थिति रहेको थियो ।

नेपाल चलचित्र कलाकार संघ चलचित्रकर्मीहरुको पेशागत संघ संगठन मध्य सबै भन्दा जेष्ठ संघ भएको कारण सम्पूर्ण विधामा काम गर्ने कलाकार तथा चलचित्रकर्मीहरुको हकहितमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र उनीहरुको जस्तोसुकै समस्यामा समेत हातेमालो गर्दै सामाजिक कार्यमा उदारणीय नमुना पेश गर्दै आएको कुरा अध्यक्ष खड्का बताउँछन । कोरोना भाइरस(कोभिड-१९) को महामारीमा सयौं कलाकारहरुलाई राहत वितरण गर्दै उनीहरुको जीवनरक्षाका लागि पहल गर्दै आएको नेपाल चलचित्र कलाकार संघले सहयोग कार्यक्रमलाइ निरन्तरता राख्ने कुरा खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउण्ट ‘सस्पेण्ड’ गरेको छ । उसले अभिनेत्रीले यो प्लेटफर्मको नियम उल्लंघन गरेको बताएको छ

काठमाडौं अमेरिकामा रहेको अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका

काठमाडौं । कोरोनाको महामारीसँगै फैलिएको ‘सूचनाको महामारी’ बाट आफू जोगिउँ, अरुलाई जोगाउँ भन्दै कलाकार मनोज गजुरेलले सामाजिक सन्जालमा सेयर गरेको

काठमाण्डौ । हाँसो लामो आयूको कारण हो र स्वस्थ्य जीवनशैलीलाई चाहिने अत्यावश्यक ओखती । आफ्नै पारामा हास्यव्यङ्ग्यको ठाडो शैलीलाई समातेर