विश्व स्वास्थ संगठनलाई चीनले ३० मिलियन डलर दिने


विश्व स्वास्थ संगठनका प्रमुखका अनुसार भाइरस यस विश्वमा अझै केहि समय रहने देखिएको छ, यता खोप र ओखतीको अभाव अनि उता भाइरसको बढ्दो प्रभाव अफ्रिका र दक्षिण अमेरिकी देशहरुमा देखिन थालेको अवस्था छ । विश्वभरिमा २५ लाख बढि मान्छेहरुमा यस संक्रमण देखिइसकेको छ, लगभग ३ अरब मान्छेहरुलाई प्रभाव पार्ने गरि भोकमरीको अवस्था आउन सक्ने अनुमान संयुक्त राष्ट्र संघले लगाइसकेको अवस्था छ । विश्वभरि १८०००० बढि मान्छेहरु मारिसकेको कोरोना विरुद्ध लड्न विश्व स्वास्थ संगठनले १ विलियन डलरको कोष आवश्यक्ता रहेको औंल्याएको अवस्थामा अमेरिकी नेतृत्व आफ्नो लगानी विश्व स्वास्थ संगठनमा नबढाउने अडानमा रहिरहँदा चीनले भने विश्व स्वास्थ संगठनमा आफ्नो लगानी ३० मिलियन डलर थप बढाउने कुरा बुधवार जनाएको छ ।

चीनको बिदेश मन्त्रालयका प्रवक्ता हुवा चिन्यूगंका अनुसार यि कोषहरु विश्व स्वास्थ संगठन मार्फत बिकासोन्मुख देशहरुमा कोरोना महामारी विरुद्ध लड्ने संयन्त्र तयार गर्न खर्च गरिनेछन् ।

लाइभमाण्डु


Loading comments...