कस्तो अवस्थामा सेल्फ क्वारेन्टाइन बस्ने ?


५ महादेश, १५८ देशहरु अनि समग्र ग्रहलाई नै तहसनहस पारेको यस कोरोना संक्रमणलाई प्यान्डेमीक प्याथोजेन भनी विश्व स्वास्थ संगठनले महिनौ अघि घोषणा गरिसकेको हो ।

अहिलसेम्म करिब २ लाख जनाको मृत्यु भइसकेको यस संक्रमणबाट करिब ७९६,००० जना अप्रिल २५ तारिखको डाटा अनुसार निको भइसकेका देखिन्छन् । अब फेरि संक्रमण देखिएको, महामारी नियन्त्रण भएको ठाँउमा पनि टेस्ट पोजिटिभ आएको, नेगेटिभ भइसकेको केसहरु फेरि पोजिटिभ देखिएको पनि केसहरु रहेछन् । कुरा केलाँउ कि निको भइसकेकालाई फेरि संक्रमण भएमा के हुन्छ भनेंर ?
विश्वभरिका शोधकर्ता अनि चिकित्सकहरु यस भाइरसले मानव शरीरमा कसरी प्रतिक्रिया दिइरहेको छ भनी बुझ्न लागिपरेका छन्, तथापि फेरि हुने संक्रमणका विषयमा तथ्यहरु झनै अन्यौलमा छन् ।

तथ्यहरु यस प्रकार छन् ।
यस नयाँ भाइरस अर्थात कोरोना भाइरस श्वाँसप्रश्वास सम्बन्धी समस्या गराउने परिवारको भाइरस हो, मानव बाट मानवमा यो संक्रमण भएको सर्वव्यापी जानकारी त भइसक्यो यद्धपि जनावरको ट्रान्समिसन समबन्धमा पुष्टि हुन र जनावर यकिन गरिन सकिएको अवस्था छैन । श्वाँसप्रश्वाँस समबन्धी कन्ट्याक्ट या रेस्पीरिटरी फ्लइडबाट यस संक्रमण सर्ने तथ्य त जगजाहेर नै छ यद्धपि केहि मान्छेहरुले एसिमयाट्रीक अर्थात कुनै लक्षण बिना नै पनि संक्रमण शरीरमा भएको समेत पाइएको छ, विश्व स्वास्थ संगठनकी हेल्थ इमरजेन्सी कार्यक्रमकी डाक्टर मारिया भेन कारवोकको शव्दाशं यहाँ साभार गर्दै छौ, यो भाइरस रेस्पिीरटरी ट्रयाकमा संख्यात्मक गुणन हुन्छ र क्रमश बिभिन्न लक्षणहरु देखाउन थाल्दछ ।

रुघा खोकी हुँदै निमोनिया अनि कसैकसैलाई अगंहरु फेल हुने समस्या पनि देखिने यस संक्रमणमा अधिकांश समय भनें लक्षणहरु सामान्य रुघा खोकी झै देखिने डाक्टर कारवोकको भनाई छ ।

समग्रमा भन्दा कोरोना संक्रमण आँफैमा ज्यान लिने संक्रमण हैन, उचित ख्याल गरेर अनि आफूलाई संक्रमण भएजस्ते लक्षणहरु देखिएमा भनें अरुहरुसंगको सम्पर्कमा नआँउदा अरुहरुलाई जोगाउन सकिन्छ । अहिले हरेक प्रदेश अनि पालिकाहरुमा आआफ्नै तवरले क्यारेन्टाइनहरु बनाइएका छन्, लक्षणहरु देखिएमा जाँच गराउन र एक्लै बस्न ति ठाँउहरुमा पनि जान सकिन्छ ।
भींडभाडमा जान बाट जोगिने अनि सकेसम्म घर नै बस्नु नै यसको रोकथाम हो ।
ज्वरो आएमा, अनि धेरै ज्वरो आएर तापक्रम कम नभएमा
श्वाँस फेर्न असहज भएर श्वाँस छोटो भएको अनुभव भएमा
खोकी
छातीमा निरन्तर दुखाईको अनुभव भएमा
यि सबै लक्षणहरुका साथ अनुहार फिक्का र पहेँलो देखिएमा
यसका अन्य लक्षणहरु पनि हुन सक्दछन् तर यि लक्षणहरु देखिएमा आफू क्वारेन्टाइनमा बस्नु नै उचित रहन्छ । विश्व स्वास्थ संगठनका तथ्यगत जानकारीहरुका आधारमा लाइभमाण्डुले तयार गरेको ।

लाइभमाण्डु


Loading comments...