ईटालीले लकडाउन खुकुलो गर्ने


मे महिनाको ४ तारिकबाट ईटालीले लकडाउनलाई केहि खुकुलो गर्ने भएको छ । स्पेन, ईरान र न्यूजील्याण्डले लकडाउन खुकुलो गर्ने भएसंगै अब विश्वका अन्य देशहरुले पनि लकडाउनमा केहि खुकुलो गर्ने भएका छन् । मृत्युदर क्रमश घटिरहेको भएका कारणले लकडाउनमा खुकुलो गरिन आँटेको हो, धेरै देशहरुले आफ्नो २ महिना लामो लकडाउनलाई मे महिनाको ४ तारिकबाट खुकुलो गर्ने भएका छन् । २९ लाख भन्दा धेरै मान्छेहरु विश्वभरि यस संक्रमणबाट संक्रमीत छन्, अप्रिल २७ तारिखको डाटा अनुसार २ लाख ६ हजार ४ सय २ जना मान्छेहरुको यस संक्रमणले मृत्यु भइसकेको छ । ईरानले पनि कोरोना संक्रमण न्यून र शून्य भएको ठाँउहरुमा मस्जिदहरु खोल्ने निर्णय गरेको छ, राष्ट्रपति हसन रुहानीले बताएका छन् । ईरानलाई संक्रमणको जोखिमअनुसार पहेंलो, सेतो र रातो क्षेत्रमा बिभाजन गरिनेछ, सेतो क्षेत्रमा परेका मस्जिदहरु चाँही शुक्रवार प्रार्थनाका लागि खुल्ला गरिने भएको छ ।

ईटालीमा चाँही मे ४ बाट रेष्टुराँहरुले खाना टेकअवे डेलीभर गर्न पाउने भएका छन् । मान्छेहरु चाँही आफ्ना आफ्ना क्षेत्रमा हिँडडूल गर्न पाउने तर आफ्नो क्षेत्रभन्दा पर जान नपाउने भनिएको छ । कारखाना र कन्सट्रक्शन साइटहरु पनि फेरि खोलिनेछ, त्यहाँ काम गर्नेहरुले स्वास्थ सुरक्षा अनि आपसी दुरि कायम गरेर मात्र काम गर्न दिइनेछ । ईटालीमा म्यूजियम र ग्यालेरीहरु मे १८ तारिकबाट खोल्न पाइनेछ । मे १८ बाट चाँही खेलाडि समुहहरुलाई पनि समुहमा अभ्यास गर्न दिइनेछ ।

लाइभमाण्डु


Loading comments...