
हिजो के के भयो त, द भ्वाइसमा ?
१६ मंसिर २०७५, आईतवार १३:३९
नेपाली साँगितिक दुनियामा पछिल्ला समय एउटी मखमली आवाज अनि खारिएको सुर बहुतै चर्चा अनि रुचीमा रहेको पाइन्छ । नेपाल कै संगितमा पाश्र्व गायन अनि गजल गायनमा अग्रपक्तिंमा लिइने नाम हो अन्जु पन्त । यिनको गायन यात्रालाई हामी आज भन्दा २१ वर्ष अघि बिसं २०५४ सालको रेडियो नेपालको गायन प्रतियोगितासंग जोड्न चाहन्छौं जहाँ यिनले प्रथम पुरस्कार स्वरुप स्वर्ण पदक पाएकी थिइन् । १० लाख भन्दा धेरै फ्यानहरुले फलो गरेका सबैकी प्रिय गायिका अन्जु पन्त बास्तवमै नेपाली संगितका लागि स्वर्ण आवाज भएकी गायिका हुन् । ‘मलाई बाँसुरी ले रुवायो’, ‘न बिर्से तिमीलाई न पाँए तिमीलाई’, ‘तिमीले पराई ठानेपछि’ ‘देखि पूर्व पश्चिम रेल’ सम्म अन्जु पन्तका जनजिब्रोमा अमिट छाप छाडेका गीत हरु हुन् । उनका गीतको अनि गायकिको ब्याख्या गर्न यी शब्दहरु काफी छैनन तथापि हिजो साँझ द भ्वाईस अफ नेपालको मञ्चमा गेष्ट स्वरुप ‘नविर्सेँ तिमिलाइ नपाएँ तिमीलाइ’ बोलको गीतबाट आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको छ ।
पूर्व मेचीदेखि पश्चिम् महाकालीसम्म अनि नेपाली सीमा बाहिर जहाँ-जहाँ नेपाली छन् त्यहाँ-त्यहाँ छ प्रमोद खरेलका गीतको सादगीको असर । हिजोको कोच प्रमोदको ‘म बाँचेकै तिमीसंग माया लाउन’ प्रस्तुति कस्तो लाग्यो त ?
सदावहार आवाज अनि लेजेन्डरी गीतका सर्जक दीपको आवाजमा झलमल्ल भएको द भ्वाइस अफ नेपालको मञ्चमा ‘कति कमजोर रहेछ भाग्य’ बोलको गीतबाट उपस्थीत भएका थिए ।
कोच प्रमोदका दुई दमदार आवाजहरु
सृजय थपलीया र सुरेखा श्रेत्री
अनि कोच दीपका दुई दमदार आवाजहरु
सि डि बिजय अधिकारी र राजु तामाङ
यि ४ मध्ये २ जनाको द भ्वाइसमा अन्तिम प्रस्तुति हुनेछ भनें २ जनाको द भ्वाइस अफ नेपाल बन्ने यात्रा अनि सपना थप अघि बढ्नेछ । ल है आफ्ना मनपर्ने आवाजलाई भोट गर्न तयार भएर बस्नुहोला, यो इपिसोड भ्वाइस अफ नेपालको युट्युव च्यानलमा हेर्न सकिन्छ ।
गत हप्ता टिम दिप र अभयाबाट २/२ जना ट्यालेन्टले आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।
टिम दिपबाट
विवेक वाइवा लामा र सुवेक्षा ठकुरी
टिम अभयाबाट
श्रेया राई र विवेक लामा
जस मध्ये टिम दिपवाट विवेक वाइवा लामा र टिम अभयावाट श्रेया राई सेमिफाइनलमा प्रवेश गर्नु भएको छ भने सुवेक्षा ठकुरी र विवेक लामाको द भ्वाइस अफ नेपालको यात्रा सकिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग