Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

वीरगञ्जका संक्रमित क्षेत्रहरुलाई निरन्तर सेनिटाइज्ड गरिंदै

१६ बैशाख २०७७, मंगलवार २१:५४


वीरगञ्ज १६ बैशाख । वीरगञ्जमा पहिलो पटक नेपाली नागरिकमा कोरोना पुष्टि भएपछि वीरगञ्जमा त्रास फैलिएको छ । संक्रमीत वडाहरुलाई सिल समेत गरिएको छ भने सम्भावित संक्रमणलाई न्युनिकरण गर्नका निम्ति वीरगञ्जमा संक्रमीत भएका व्यक्तिहरुको वडा नं ३ र १६ र नारायणी अस्पताल क्षेत्र तथा त्यस भेगका मदर्सा मस्जिदलाई समेत ‘गिरिजा प्रसाद कोईराला फाउण्डेशन, पर्सा’ले सोडियम हाईपोक्लोराईडको घोलयुक्त सेनेटाईजरबाट उक्त क्षेत्रहरुलाई प्राथमिकताका साथ पूर्ण सेनेटाईज्ड गर्ने कार्य गरेको छ ।

वीरगञ्ज महानगरपालिकामा हिजैमात्र थप २ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । जसमध्ये एक वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का कार्यालयमा कार्यरत सरसफाई कर्मचारी हुन् । संक्रमित मध्येका अर्का एक वीरगञ्ज महानगरपालिकामा वडा नं. ३ घर भएका ५५ वर्षीय पुरुष वीरगञ्ज महानगरपालिका कार्यालयमा कार्यरत सरसफाई कर्मचारी (नाईके) हुन ।

‘गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्सा’का अध्यक्ष मोहम्मद सहाबुद्दिनका अनुसार वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरु सेनेटाईज्ड गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न