पाकिस्तानी प्रधानमन्त्रीको अचम्मको टर्कीश टिभी सिरियल मोह


दिर्लिश इर्तुग्रुल टर्कीश भाषामा निर्माण भएको ईस्लामको इतिहास समेटेको एउटा धारावाहिक श्रृखला हो, रामादानमा घरै बसेर समय लकडाउनमा व्यतित गर्दा पाकिस्तानी यूवाहरुले ईस्लमा मुल्य मान्यताहरु बुझ्न सकुन भनेर टर्कीश श्रृखला दिर्लिश इर्तुग्रुल बजाउन पाकिस्तानी राष्ट्रिय टिभी पीटिभी लाई आग्रह गरेका छन् । दिर्लिश इर्तुग्रुल १५० श्रृखला लामो धारावाहिक हो, रमादान महिनाभरि अब पिटिभीले यि श्रृखलाहरु प्रसारण गर्नेछ । टर्कीका प्रधानमन्त्री रिसेप एर्दोगन र पाकिस्ताी प्रधानमन्त्री खान निकै मिल्ने साथी पनि हुन्, गत वर्ष पाकिस्तानी प्रधानमन्त्रीको टर्की भ्रमण पश्चात दिर्लिश इर्तुग्रुल श्रृखलाहरुलाई उर्दुमा पनि अनुवाद गरिएको थियो । हलिवुड र बलिवुडले तेश्रो पक्षको सभ्यता र संस्कारलाई वकालत गरिरहेको अहिलेको अवस्थामा ईस्लामकै इतिहास समेटिएको यस श्रृखलाहरुले पाकिस्तानी यूवाहरुलाई धर्म र दर्शनसंग निकट साक्षातकार गराइदिने पाकिस्तानी प्रमको विचार छ ।

पाकिस्तानी यूवाहरुलाई म हाम्रो आफ्नै संस्कार, इतिहास र सभ्यता छ भनी बुझाउन चाहन्छु, प्रधानमन्त्री ईमरान खानले बताएका छन् ।
दिर्लिश इर्तुग्रुल १३ औं शताव्दीको ओटोम्यान साम्राज्यका स्थापक ओस्मानका पिता हुन्, यी श्रृखलाहरुलाई टर्कीको गेम अफ थ्रोन श्रृखलाहरु पनि भनिन्छ ।

लाइभमाण्डु


Loading comments...