इरफान खान : जसले हावा भरिएको बलिउड सिनेमामा प्राण भरिदिए


पान सिंह तोमारमा धावक बनेका इरफान, लाइफ अफ अ पाई मा फरक दर्शनमा देखिए । पाश्तो भाषी इरफानले भारतीय सिनेमा मा एउटा नयाँ लवज, धार अनि जनमानसका आवाजहरु र मुद्दाहरु टपक्कै टिपेर अघि बढे, हलिउडसम्म आफ्नो कलाको ताकत देखाएका इरफानको ५३ वर्षको जीवन साधारण भने पक्कै थिएन ।

प्रस्तुतीः सुयोग ढकाल

सन् २०१८ मा यिनलाई न्यूरो इन्डोक्राइन ट्यूमर भएको पत्ता लागेको थियो । सामान्यतया ६० वर्ष भन्दा माथिका उमेर भएकाहरुमा देखिने यस रोगले इरफानलाई ५१ वर्षमा नै शिकार बनायो । उनी केहि समय अस्पतालमा जुझे अनि फर्केर आए, केहि चलचित्र सम्म गरे तर अन्तत यिनले हारे, विदा मागे ।

इरफानको बुवाको टायरको ब्यापार थियो । यिनको जीवनको टायरले सन् २०२० अप्रिल २९ मा भारतको कोकिलाबेन अस्पतालमा साथ छाडेर गयो तर यिनले गरेका अभिनयका एक एक चलचित्रहरु यूगौंसम्म यादगार रहनेछन् । बालापनामा क्रिकेट खेलमा विशेष रुची भएका इरफान शुरुवाती दिनमा गाँउ र जिल्लामा अभिनय भन्दा पनि क्रिकेट खेलको लागि चिनिएका थिए । सन् १९८४ मा दिल्लीको नेशनल एक्टिङ स्कूलमा इरफानले छात्रवृति प्राप्त गरी अभिनयको अध्ययन शुरु गरे ।

यिनको अभिनयमा दमदार अभिव्यक्ति थियो । चलचित्र लन्चबक्समा अधिकांश कोठाभित्रका सिनहरु भएपनि इरफानको अभिनयले कहिँ कतै पनि बोर महसुस हुन दिन्न । हरेक चलचित्र जब रिलिज हुन्थ्यो क्रिटिक्सहरुका लागि इरफान अत्यन्त जोडदार उत्तरको रुपमा उभिन्थे । यिनका अधिकांश चलचित्रहरु जस्तै पान सिंह तोमर, लाइफ अफ अ पाई, लन्च बक्स जस्ता चलचित्रहरु बलिउडमा एउटा उदहारण र बेन्चमार्कका रुपमा भावी कलाकार पुस्ताहरुबिच ब्याख्या गरिनेछ ।

इरफान खानले नयाँ धार शुरु गरे, गोरो अनि अग्ला हिरोहरुको श्रृंखला चलिरहेको बलिउडमा औसत अनुहार अनि जिवन्त अभिनयका इरफानले नयाँ दौड शुरु गरे । यिनको अभिनयमा रङ्गमञ्चको स्वाद थियो । उनका नेपाली समकालिन साथी तथा नेपाली नाट्यका उम्दा कलाकार सुशिल पोखरेलको निमन्त्रणामा केहि पटक नेपाल पनि आएका थिए इमरान । यिनको मृत्यूको खबरपछि बलिउडको ‘बर्फि’ चलचित्रमा काम गरिसकेका कलाकार भोलाराज सापकोटा दाईले एउटा ग्रुप फोटो हाले, यस तस्वीरमा इरफान परबाट सबैजनासँग मुस्कुराइरहेका देखिन्छन् । अब इरफान नेपाल आउँदैनन, अब यिनी उपचारका लागि बेलायत पनि बस्दैनन, अब आउँछ त केवल इरफानको सम्झना ।

तस्वीर स्रोतः कलाकार भोलाराज सापकोटाको फेसबुक पेज

द वारियर, नेमसेक, दार्जिलिङ लिमिटेड, स्लमडग मिलियनायर, न्यूयोर्क आई लभ यू, स्पाइडर म्यान, जुरासिक वर्ल्ड, इनफर्नो जस्ता विश्वप्रसिद्ध चलचित्रहरुमा देखिएका इरफानले जीवन छोटो पाए तर ब्यापक चौंडा प्रभाव छाडेर गए । सन् २०१८ मा यिनलाई न्यूरो इन्डोक्राइन ट्यूमर भएको पत्ता लागेको थियो । सामान्यतया ६० वर्ष भन्दा माथिका उमेर भएकाहरुमा देखिने यस रोगले इरफानलाई ५१ वर्षमा नै शिकार बनायो । उनी केहि समय अस्पतालमा जुझे अनि फर्केर आए, केहि चलचित्र सम्म गरे तर अन्तत यिनले हारे, विदा मागे ।

विश्व कोरोना कहरमा घरघरमा लुकेको बेला ईरफानले मृत्यू सङ्गाले । जिवन्त अभिनय र रिल सिनेमाका सटहरुलाई पात्रानुसार जिउन जानेक इरफान वर्तमान बलिउड कलाकारहरुमा एउटा बेग्लै र बलियो स्टार थिए । लकडाउनमा भएको विश्व सिनेमाले अबको लकडाउन खुलेपछि इरफान नामको नामूद कलाकार पाउने छैन तर उनी महान कलाकारको इतिहासमा लिपिबद्ध भइसकेका हुनेछन् ।

भारतीय प्रधानमन्त्रीले पनि ट्वीट गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्ः

धार्मिक धारणामा कट्टरपन्थीहरुको बिरुद्ध बोल्ने आँट भएका इरफानको तठस्त दर्शन थियो, इस्लाम होस् या हिन्दु यिनी मानवता र तठस्तामा विश्वास राख्दथे । टेलिभिजनमा अति आक्रामण कार्यक्रमका लागि परिचित अर्नव गोस्वामीको टिभी कार्यक्रममा इरफानले निर्धक्क हरेक धर्मका कट्टरहरुलाई औंला ठड्याइदिएका थिए ।

इरफानले धेरै टिभी कार्यक्रमहरुमा अभिनय गरे, नाटकबाट सानो पर्दा हुँदै ठूलो पर्दामा आएका यिनका हेर्न लायक अभिनयहरु चन्द्रकान्ता, चाणक्य, सारा जहाँ हमारा जस्ता टिभी कार्यक्रमहरु यादगार छन् ।

ठूलो क्षति भन्दै बलिउड सुपरस्टार सलमान खानले ट्वीट गरेका छन्ः

यिनका केहि चलचित्रहरु जस्तै कहकसन, ए साली जिन्दगी, हिन्दी मिडियमहरु हलमा त्यति जम्न सकेनन तर क्रिटिकहरुले यिनको अभिनयमा एक छिटा आलोचना गर्ने ठाँउ यिनले दिएका छैनन । यिनले ‘नेशनल स्कूल अप ड्रामा’मा सगैं पढेकी लेखिका स्तुवापा सिकंदरसँग विवाह गरे । उनको छोराको नाम बबिल हो । राजस्तानका सामान्य इमरानले असामान्य जीवन बाँचे, विश्वसमक्ष नाम राखे, काम भाके र आज सबैलाई रुवाएर बिदा मागे ।

कन्टेन्ट हराएको स्टारहरुको सिनेमा भीडमा यिनी यसरी उदाए की अब जुगौंसम्म यिनी अस्ताउने छैनन् । इरफान खान : जसले हावा भरिएको बलिउड सिनेमाहरुमा प्राण भरिदिए । स्वर्ग यदि छ भने, ईमरान त्यहिं बस्नेछन् । हार्दिक श्रद्धाञ्जली!


Loading comments...