दुई केटीहरु : कबिता


पहिलो केटी
बिहान चार बजे उठछे
पधेरो जान्छे
एक गाग्री पानी ल्याउछे
दैलो कसिङ्गर गर्छे
आमाले दुध दुहुनुहुन्छ
चिया पकाउछे
भैसीलाइ कुडो बनाउँछे
सोत्तर हाल्छे
अनि बल्ल उठछ भाइ
भन्छ दिदे चिया तताइदे न
त्यतिबेला सात बजेर जान्छ पैंतालीस मिनेट
डोको बोक्छे खेत जान्छे
काटदै मुसेखरु र सालको स्याउला
आइपुग्छे नौ पैतालिसमा घर
कोर्छे कपाल फोर्छे लट्टा
भुटन खाने तेल हालेर
बनाउछे दुई चुल्ठा ।
पाँच मिनेटमै कप्पाकप बनाउछे भात
जहिल्यै स्कुल पुग्दा
सुरु भैसक्छ राष्ट्रिय गान
सयौं थुङ्गा फूलका हामी
एउटै माला नेपाली

दोस्रो केटी
आठ बजे उठछे
छालालाइ नरम बनाउने कृम दल्छे
ऎना हेर्छे
तातोपानी पिउछे
बाफरुम जान्छे
फ्रेस हुन लाग्छ झण्डै चालीस मिनेट
आफ्नु दोचाप्रती चित्त बुझ्दैन
पटकपटक फ़ेरिफेरि लगाउछे
बजारमा आएका नयाँ नयाँ क्रीमहरु
बाथटबमा सुतेर नुहाउदै
सुन्छे अङ्ग्रेजी कोरियन गीतहरु
जस्टिन बिबरको फ्यान हो उ
आस्था राउत पनि मन पराउछे
फ्रेस भएपछि
ढोग्छे शिवजीलाइ
मामुले तयार गरेको
मिल्क कफी चना अण्डा र बर्गरप्रती
पोख्छे असहमति
आज त हलुवा पुरी तरकारी
बनाइसिएको भए पनि हुन्थ्यो
खाली यहि डाइट
हया झ्याउलाग्दो मामु पनि
मामु आज ब्युटी सेन्टर जान्छु
दिइस्यो न दुई हजार
यसरी बित्छ उसको बिहानी
होमवर्क गर्नलाई
छ एकघण्टाको समय
त्यो समयमा गर्नु नै छ
मेकअफ पनि
भ्याउनु नै छ इमोमा नयाँ बिएफसँग च्याट गर्न पनि
नौ पैतालिसमा आइहाल्छ गेटैमा गाडी
बज्छ टीटीटीटी हर्न
बोक्दै झोला
ममिलाई दिनुछ फ्याक किस

मलाई पहिलो केटीसग गर्नुछ प्रेम
पसिनाको मसिले श्रमको अक्षरहरु लेखेर
थमाउनुछ एउटा प्रेमपत्र

ए पहिलो केटी
यति त स्वीकार गर ल

रसुवलि कबि टि.पि तिम्सिना

 


Loading comments...