आधूनिक बलिउडका ऋषिः खुल्लम खुल्ला प्यार करेंगे


६७ वर्षका ऋषि कपुर आधूनिक बलिउडका एक स्टार आइकन हुन्, सुस्तरि रंगिन पर्दामा अनि आधूनिक भारतीय परिवेशका रोमान्ससँग साक्षातकार भइरहेको अवस्थामा पिता राज कपुरका पुत्र नौजवान ऋषी कपुर बबी चलचित्रबाट नायकका रुपमा उत्रिए ।

प्रस्तुतीः सुयोग ढकाल

आफ्नो जमानाको लभर ब्वाए, चकलेटी अभिनेता ऋषि कपुरलाई सम्झिदै ६३ वर्षिय बलिउड सिनेमाका पारखि मेरा बुवा भन्नुहुन्छ, “आज ऋषि कपूरले दुनियाँ छोडे ! मेरो जवानीको दिनका lover boy ले दुनियाँबाट बिदा लिए । वास्तवमा मेरो पुस्ता ऋषि कपुर जस्तै “प्रेमी” बन्न चाहन्थे ! सायद यिनलाई “बबि” का नायक भन्दा पृथक रुपमा म सम्झिन सक्दिन !! “हम तुम एक कमरे मै बन्द है..”

मेरे उमरका नौजवानो भन्दै झिल्के लुगा लगाएर झिलमिल स्टेजमा उत्रिएका ऋषि उतिबेलाका तन्नेरीहरुका सेन्सेसन थिए । सन् २०१८ मा बलिउडका २ जना अभिनय आइकनहरुलाई क्यान्सर देखियो, एक दिनको अघिपछिमा दुबैले इहलिला त्याग गरे । इरफान खानले हिजो विश्व छाडेका श्रदाञ्जली शव्द अनि आँशुहरु बलिवुड अनि दर्शकका भावनाहरुमा सुकिसकेकै थिएन, ऋषिले झनै रुवाएर गए ।

४ सेप्टेम्बर सन् १९५२ मा मुम्बईमा जन्म भएका ऋषि केहि महिनाअघि मात्र अमेरिकामा आफ्नो एक वर्ष लामो क्यान्सर उपचार सकाएर भारत फर्केका थिए, चलचित्र पर्दामा धेरै पटक मरेको अभिनय गरेका ऋषि आज आँफैं मृत्यूशैयामा निर्जिव लडिरहेका छन्, दुख्खको यो घडीले कपुर परिवार र समग्र चलचित्रप्रेमीलाई ठूलै धक्का दिएको छ ।

सन् १९७० मा पिता राज कपुरको निर्माणमा बनेको मेरा नाम जोकर चलचित्रमा किशोर पात्रका रुपमा देखिएका ऋषिले त्यसको ३ वर्षपछि सन् १९७३ मा बबी चलचित्रबाट नायकका रुपमा डेब्यू गरेका थिए । सन् २०१५ मा आफू हिन्दु भए पनि बिफ अर्थात गाइगोरुको मासु खाने गरेको भनी ऋषिले लेखेका स्टाटसले यिनलाई निकै विवादमा पनि ल्यायो तर बलिवुडमा ऋषिको स्पष्ट र निडर अभिव्यक्तिका श्रृंखलाहरु संधै मिस हुनेछ । बलिवुडका आधूनिक रोमान्स, प्रेमकथा र पार्श्वसङ्गीतमा नयाँ धारको शुरुवात गरेको सुपरहिट चलचित्र चाँदनीकी नायिका श्रीदेवीले केहि वर्षअघि विश्व छाडेर गईन, अब चाँदनीका नायक ऋषि पनि रहेनन ।

पुत्र रणवीर कपुर बलिउडमा स्थापित अहिलेका यूवा सेन्सेसन हुन्, यिनकी छोरी रिधिमा कपुर सहनीको बिवाह भइसकेको छ । पत्नी नीतु सिंह पनि ऋषिकी समकालिन नायिका हुन्, सन् १९८० मा यिनीहरुको बिवाह भएको हो ।

आफ्नो जमानाको लभर ब्वाए, चकलेटी अभिनेता ऋषि कपुरलाई सम्झिदै ६३ वर्षिय बलिउड सिनेमाका पारखि मेरा बुवा भन्नुहुन्छ, “आज ऋषि कपूरले दुनियाँ छोडे ! मेरो जवानीको दिनका lover boy ले दुनियाँबाट बिदा लिए । वास्तवमा मेरो पुस्ता ऋषि कपुर जस्तै “प्रेमी” बन्न चाहन्थे ! सायद यिनलाई “बबि” का नायक भन्दा पृथक रुपमा म सम्झिन सक्दिन !! “हम तुम एक कमरे मै बन्द है..”

ऋषि कपुर परिवारको तेश्रो पुस्ताका अभिनय लीगेसीका धरोहर थिए, परपिता पृथ्वी राज कपुर, बुवा राज कपुर अनि ऋषि कपुर, यसो त कपुर परिवारको योगदान बलिउड सिनेमामा ब्यापक छ । के आसिफको ठूलो पर्दाको मुगलेआजममा अकबरको भूमिका निभाएका पृथ्वीको सन् १९७२ मा भएको अवसानपछि काका शशी कपुरले स्थापना गरेको पृथ्वी स्टुडियोदेखि अनवरत बलिवुडलाई दिएका कपुर परिवारका अभिनय उस्तादहरुको सूचीमा शशी कपुर, शम्मी कपुर, रणधिर कपुर, रणविर कपुर, करिश्मा कपुर, करिना कपुर लगायत धेरै अन्य परोक्ष नाम र योगदानहरु छ । ति सबै योगदानहरुको साक्षी ऋषि कपुर, बलिवुडका प्यारा चिन्टुले सन् २०२० अप्रिल ३० मा विश्व छाडेर गएका छन् ।

सन् १९७३ देखि २०२० सम्म ऋषिले ९२ वटा चलचित्रहरुमा बिविध चरित्रहरु निर्वाह गरे, ऋषिले स्टुडेन्ट अफ द यियर चलचित्रमा निर्वाह गरेको तेश्रो लिंगीको भूमिका होस या ऋतिक रोशन तथा सञ्जय दत्तका साथ पहिलो पटक अग्निपथमा खलपात्रमा उनले गरेको अभिनयले बुढ्यौली लागेपनि अभिनय दक्षतामा ऋषिको अभिनयको उचाँई छर्लङ्ग बनाउँछ ।

सन् १९५५ मा नै एउटा बालखको रुपमा बलिवुडले ऋषिलाई श्री ४२० को प्यार हुवा इकरार हुवा गीतमा क्यामरा कैद गर्यो, बलिवुडको श्यामश्वेत पर्दा देखि आधूनिक बलिवुडको भिएफएक्ससम्मको यात्रा संगालेर ऋषिले बिदा मागे । बलिवुडलाई ऋषिको नाम पछाडि स्वर्गिय लेख्दा असह्य पीडा र असमञ्जस हुनेवाला छ । ऋषि बलिवुडमा नै हुर्किए, यूवा भए, वयस्क भए, बुढा भए अनि बलिवुडमा नै लुटपुटिएर बिदा मागिदिए । जानेलाई रोक्न सकिन्न, कपुर खानदानको १०० वर्ष लामो बलिवुड यात्रालाई ऋषिले पुत्र रणविरलाई ह्याण्डओभर गरेर हिँडेका छन् ।

जीवन रिले रेस न हो, अलबिदा ऋषि ।

भारतीय सिने क्षेत्र तथा राजनीतिक वृत्तबाट ऋषिको श्रद्धाञ्जलीमा आएका केही ट्वीटहरुः

ऋषि कपुरलाई न्यूयोर्कको ट्याक्सीमा जब अनुपम खेरले भेटे

इरफान खान : जसले हावा भरिएको बलिउड सिनेमामा प्राण भरिदिए


Loading comments...