राष्ट्रिय क्षुद्रग्रह खोज अभियान अन्तर्गत हालसम्म ७५८ को पहिचानः NASO


वैशाख १८, २०७७ । नेपाल एष्ट्रोनोमिकल सोसाईटीले सन् २०१६ देखि नेपालमा संचालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान मार्फत नेपाली विद्यार्थी तथा शिक्षकहरुले हालसम्म ७५८ (सात सय अन्ठाउन्न) वटा क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान (Preliminary Status) गरिसकेको जानकारी नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभएको छ ।

‘लाइभमाण्डू’सँग कुराकानीका क्रममा अध्यक्ष भट्टराईले, “यी ७५८  प्रारम्भिक पहिचान भएका मध्ये हालसम्म ७ (सात) वटा क्षुद्रग्रहहरुले अस्थाई पहिचान (Provisional Status) पाइसकेको यहाँहरु माँझ जानकारी गराउन पाउँदा निकै हर्षित छौं । यी सबै अस्थाई पहिचान पाउने क्षुद्रगृहहरु नेपाली विद्यार्थी तथा शिक्षकहरुले सन् २०१८ र २०१९ मा पत्ता लगाएका हुन् ।” बताउनुभयो ।

हालसम्म अस्थाई काम प्राप्त गर्न सफल क्षुद्रगृहहरु यसप्रकार छन्: २०१८ वाईएस४ (2018 YS4), २०१९ एई१८ (2019 AE18), २०१९ जेएफ६० (2019 JF60), २०१९ केबि१५ (2019 KB15), २०१९ केके१८ (2019 KK18), २०१९ केडब्ल्यु९ (2019 KW9) र २०१९ केके५ (2019 KK5) । यी सातमध्ये पहिलो छ वटा क्षुद्रग्रहहरु मेनबेल्ट एस्टेरोइड (Main Belt Asteroid) हुन् भने अन्तिम सातौं एपोलो समुहको नियर अर्थ एस्टेरोइड (Near Earth Asteroid/ Apollo Group) हो । यी क्षुद्रगृहहरु कक्षा ८ देखि स्नातकोत्तर गर्दै गरेका विद्यार्थी एवं माध्यमिक तथामा शिक्षणरत शिक्षक/शिक्षिकाहरुले पत्ता लगाएका हुन् ।

राष्ट्रिय क्षुद्रग्रह खोज अभियान अन्तर्गत भाग लिएका विद्यार्थीहरुले अमेरिकाको हवाईस्थित १.८ मीटर को टेलिस्कोपले खिचेका तस्विरहरुमा आफ्नो इन्टरनेटसहितको कम्प्युटरमा दिईएको सफ्टवेयर मार्फत खोजि गर्नु पर्ने हुन्छ । यी तस्विरहरु अमेरिका स्थित हाम्रो सहकर्मी संस्था ‘इन्टरनेसनल एष्ट्रोनोमिकल सर्च कोलाबोरेशन-ई.ए.एस.सी.’ ले प्रधान गर्दै आएको छ । सन् २०१८ देखि हामीले क्षुद्रग्रह खोज तालिम संचालन गरेसंगै कार्यक्रम थप प्रभावकारी भन्दै गएको देखिएको छ । ईच्छुक जो कोहीले हाम्रो खोज टोली बनाएर अभियानमा भाग लिन आवेदन दिन सक्छन. अभियानमा भाग लिन कुनै शुल्क लाग्दैन । प्राप्त आवेदनहरुमध्ये प्रत्येक यस वर्ष देखि प्रत्येक अभियानमा १५ टोली समावेश गरिदै आएका छौं ।

कार्यक्रम सम्बन्धि सम्पूर्ण जानकारीक लागि, हाम्रो आधिकारीक वेबसाइटमा हेर्दैगर्नुहोलाः http://www.nepalastronomicalsociety.org/projects/asteroidsearch/

धन्यवाद!


सुरेश भट्टराई

अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी


Loading comments...