Lifestyle Portal
  •   २ आश्विन २०७८, शनिबार

बि.सं २०३७ बैशाख २०

२० बैशाख २०७७, शनिबार १३:१३

नेपालको राजनितिक इतिहासमा बैशाख २० ले एउटा पृथक अनि बिशेष याद संगालेको छ, पछिल्ला पुस्ताहरुमा यो तर्कना कम हुन या नहुन सक्दछ तर आजका दिन, बैशाख २० गते आजभन्दा ठ्याक्कै ४० वर्ष अघि बि.सं. २०३७ मा जनमत संग्रह भएको थियो । जनताहरुको प्रत्यक्ष मत दुई बिषयमा मागिएको थियो, बहुदलिय या निर्दलिय शाषन पद्धति विषयमा नेपालमा यस जनमत गराइएको आज ४० वर्ष बितिसकेको छ । राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायती व्यवस्था मान्ने भनेर जनमत सङ्ग्रह गर्ने घोषणा भयो । तात्कालिक राजा बीरेन्द्रले बि. सं. २०३६ साल जेठ १० गते जनमत सङ्ग्रहको घोषणा गरेका थिए। बि.सं. २०३७ बैशाख २० गते जनमत सङ्ग्रहका लागि मतदान भएको थियो ।

यस अवधि बिचमा नेपालले धेरै कुरा भोग्यो, देख्यो । ४० वर्ष भित्रमा शक्तिशाली राजसंस्था शाषन वागडोरबाट बिलाइसकेको छ, राजा बिरेन्द्रको वशंनाश हुनेगरि रहस्यमयी हत्या पश्चात नेपालमा क्रमैसंग राजनैतिक रुपान्तरणका लागि प्रोक्सी वारहरु भइरहेकै छन् । जनमत पछि बहुदलिय संवैधानिक प्रावधान संस्थागत गर्न ४७ सालको आन्दोलन घट्यो, त्यसको १० वर्ष बितेर ११ औं वर्षमा टेक्न पाँउदा नपाँउदै राजपरिवारको हत्या भयो । त्यस बिचमा भएको सशस्त्र द्धन्द अनि ६२ र ६३ सालको जनआन्दोलन, संघीय गणतन्त्र नेपाल, श्रृखलावद्ध रुपमा भएका संविधान सभाका चुनाव, स्थानीय र प्रादेशिक चुनाव अनि आजको दिन । नेपालले धेरै पछि देखेको बहुमतको सरकार, सरकारको दम्भ, बिकासका श्रृखला, रेल सपना, पानीजहाज तर्कना, भ्रष्टाचार लगायत थुप्रै नराम्रा अनि थुप्रै राम्रा कामहरु अनि परिवर्तनहरु नेपालले देखिसकेको छ, अझै देख्न बाँकी छ ।

उक्त चुनावको परिणाम जेठ १ गते सार्वजनिक गरियो । अधिराज्यभर कूल मतदाता संख्या ७१ लाख ९२ हजार ४ सय ५१ मध्ये कूल ४८ लाख १३ हजार ४ सय ८६ मत ९६६ दशमलव ९२ प्रतिशत खसेकोमा ३ लाख ७२ हजार ६९ मत ९७ दशमलव ७३ प्रतिशत बदर भएका थिए । ४४ लाख ४१ हजार ४ सय १७ ९९२ दशमलव २७ प्रतिशत मतपत्र सदर भए । जनमतमा ३३ लाख जति महिला सहभागि भए । पहेलो रङ्गको पञ्चायत पक्षलाई कूल २४ लाख ३३ हजार ४ सय ५२ मत ९५४ दशमलव ७९ प्रतिशत प्राप्त भयो भने नीलो रङ्गको बहुदलको पक्षमा २० लाख ७ हजार ९ सय ६५ मत ९४५ दशमलव २१ प्रतिशत प्राप्त भयो । सुधारसहितको पञ्चायत पक्षलाई ४ लाख २५ हजार ४ सय ८७ बढी मत प्राप्त भयो । चौधै अञ्चलमा बहुमत र जिल्लाको आधारमा ५४ जिल्लामा पञ्चायत पक्ष बहुमतले विजयी भयो ।
आन्दोलनमा नउठेका नाराहरु अनि मुद्धाहरु आन्दोलनपछिको सरकार र संसदमा प्रयोजित रुपमा छिराइएको आरोप एकातिर छ, नभन्दै संघियता र धर्मनिरपेक्षता जस्ता नाराहरु जनआन्दोलनका स्पष्ट म्याण्डेटमा थिएनन यद्धपी ति कुराहरु लागु भए, धेरैको आरोप छ । कतिजनाले त अहिलेको अवस्थामा पनि धर्म निरपेक्षताका विषयमा जनमत संग्रह गरिनुपर्छ भन्ने माग गरेका छन् । जनमत संग्रहपछि धेरै कुराहरु परिवर्तन भएपनि नेतृत्व परिपाटी अनि अधिकांश पुराना अनुहारका नेताहरु दोहोरिरहेका छन्, ४० वर्ष अघिको नेपाल संझना गर्दा आजको नेपाल झनै बिवादित र बैचरीक द्धन्दमा फसेको त छैन ? यि कुराहरु पूनरावलोकन गरिन जरुरी छ ।
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

दिलमाया शाही, जुम्ला । चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँका माथिल्लो बस्तीका ३५ घरधुरीमा खानेपानीको चरम संकटबाट गुज्रिरहेका छन् । गाउँको माथिल्लो

हेमन्त केसी, जाजरकोट । उत्पादनका हिसावले कमजोर रहेको डोल्पाका ग्रामीण वस्तीहरूमा यतिखेर खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यवस्था

दिलकुमार लिम्बू/न्युजकारखाना, ताप्लेजुङ । विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ ।

तनहुँ, न्युजकारखाना । तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १०