स्कुल ड्रेसको बिदा


दराजमा स्कुलका ड्रेस एक आपसमा कुरा गर्दै थिए । सर्ट्ले भन्यो , मेरा प्रिय साथि पाइन्ट तिमि र म यहाँ बसेको धेरै दिन भै सकेको छ । हामीलाई कसैले पनि खोज्न आउदैन । किन होला ? । खैरो पाइन्टले जवाफ दियो । हो त म पनि अचम्म परे ! चिसोले थुरथुर कापेको छु ।अरु लुगाले थिचेर कुथ्रुक्क परेर बसेको छु। बैसाख आज सोह्र गते सुनाले हामीलाई लगाएर चिटिक्क परेर स्कुल जाने समय भयो ।सुनु कता गइछन् ? अचम्म मानेर यता उता हेरे। सुनु अर्कै लुगा लगएर मोबाइल हेरदै फुरुङ्ग देखिन्छन् । छेउमा बसेको झोलालाई पनि यो कुरा सुनेर चित्त बुझ्यो ।हेर साथी हो म पनि अहिले कुनामा थन्किएर बसेको छु ।नाकमा धुलो छिरेर हैरान भए । खल्ती छामेको सुनुले रुमाल कता लगिछन । म त बिरामी हुन्छु कि भन्ने डर लागेको छ ।

सर्ट , पाइन्ट ,झोला , को कुरा घरमा बस्ने टिसर्ट हाप पाइन्ट चप्पलहरुले सुनेका रहेछन। उनिहरु पनि के कम ! सधै तिमीहरू सुनाको जिउमा सजिन पाउथौ । अहिले हाम्रो पालो आएको छ ।देशमा कोरोना आएकोले स्कुलमा बिदा छ । खुच्चुङ , खुच्चुङ ! भन्दै टिसर्ट हाप पाइन्ट चप्पल भने घरमा बुरुक्क बुरुक्क उफ्रेर नाचे । स्कुलका लुगा सर्ट ,पाइन्ट चाही स्कुल खुल्ने दिन कुरेर ठुस्स परेर बसे । ।बाहिर बसेका काला जुत्ताले तिमीहरु धेरै खुशी पनि नहोउ वा धेरै दुखी पनि नहोउ तिमीहरु त भित्र छौ म बाहिर कुनामा छु । अहिले बिस्वमा नै कोरोना भाइरस फैलिएको छ । हाम्री सुनालाई यो रोग नलागोस । सुखमा नमात्तिनु दुखमा नआत्तिनु भन्छन् हेर। सुनालाई यहि हाम्रो शुभकामना । सुना भने रोगबाट बच्न हात धुदै थिइन् ।
कमला घिमिरे मनजरी


Loading comments...